हाइकुहरु : बैरागी जेठा

हाइकुहरु : बैरागी जेठा

कपन अनलाइन

काठमाण्डौ ,साउन २०।

फोहर जस्तै
गन्हाउँने समाज
च्यात्छ जीवन ।

हिजोको काली
क्यान्सरको स्वादझैँ
लत्ता छाडेर ।

आँखा चिम्लेर
उत्सवको फरिया
धापको मोर्चा ।

नथाक्नेहरु
घर ढालीरहेछन्
क्याप्सुल खाँदै ।

रौद्र सागर
उर्लिरहेछ आज
फेसबुकमा ।

यौनका कुरा
बिस्कुनझैँ फिँजेर
विजयी योद्धा ।

ख्याल नगर्ने
बेसुर राजनीति
आज विक्षिप्त ।

आऊ पिइद्यौँ
भन्दा भन्दै तनाव
एकाम्मे रात ।

फैलिदिएर
धापमा गो जीवन
तन्द्रा चटक्क ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।