प्राविधिक हटाउने निर्णय वारे उद्धव खरेल भन्छन, “काम गर्ने र नगर्ने छुट्याएर मुल्यांकन गर्नुपर्छ”
कपन अनलाइन
काठमाण्डौ ,असार ३१।
बुढानिलकण्ठ नगरपालिकाले प्राविधिक कर्मचारीहरु हटाउने निर्णयका वारेमा पुर्व नगर प्रमुख उद्दव खरेलले काम गर्ने र नगर्ने छुट्याएर मुल्यांकन गर्नुपर्ने धारणा राखेका छन।
असार २४ गते बसेको कार्यपालिका बैठकको निर्णयमा भनिएको छ ,”नगरपालिकामा करारमा रहेका (इन्जिनियर ,सब इन्जिनियर र असिस्टेन्ट सब इन्जिनियर) म्याद नथपी स्वीकृत दरवन्दीमा स्थायी पदपूर्तिका लागि प्रदेस लोक सेवा आयोगलाई अनुरोध गर्ने। स्थायी पदपूर्ति भइ नआएसम्मका लागि सार्वजनिक रुपमा बिज्ञापन आव्हान गरी सेवा प्रवेस गर्न इच्छुक र योग्य उम्मेदवारलाई खुल्ला प्रतिस्पर्धात्मक परिक्षा द्वारा करारमा नियुक्ति गर्ने। ”
सो निर्णयले अनुभवी र राम्रो काम गरिरहेका कर्मचारीहरुको मनोवल कमजोर बन्ने तर्फ सचेत हुनुपर्ने बताउदै पुर्व प्रमुख खरेलले नयाँ आउनेबाट राम्रो काम हुनेमा शंका गर्न सकिने धारणा राखेका छन।
कपन अनलाइन संग कुराकानी गर्दै उनले सबैलाइ पुनः नियुक्ति गर्ने प्रयोजन अनुसार प्रकृया बढाएको भए ठिकै हुने तर सबै एकै पटक हटाउने निर्णय भने प्रत्युपादक बन्न सक्ने तर्फ ध्यान दिनुपर्ने बताएका छन।
कामको प्रस्तुतिका आधारमा कर्मचारीहरुको मुल्यांकन गर्नुपर्ने आम प्रचलन रहेको भन्दै खरेलले यस किसिमका निर्णय गर्दा प्राबिधिक प्रमुखको सल्लाह लिएर काम गर्दा राम्रो हुने सुझाव समेत दिएका छन।