जोसेफ हाई स्कुल तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलको बधाई तथा सम्मान कार्यक्रम सम्पन्न
जोसेफ हाई स्कुल तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलबाट एसईई परीक्षामा गत बर्षहरुमा जस्तै यस बर्ष पनि उत्कृष्ट नतिजा प्राप्त गरेको उपलक्ष्यमा उत्तिर्ण बिध्यार्थी तथा अभिभावकको सम्मानार्थ बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीज्युको प्रमुख आतिथ्यतामा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बरिस्ठ पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहाल, काठमाडौ महानगरपालिकाका श्रोतब्यक्ती शाखा अधिकृत यमनाथ चौलागाईं, बुढानिलकण्ठ नगरपालिका वडा न ११ का अध्यक्ष राजु अधिकारी, वडा न १२ का अध्यक्ष शम्भु भट्टराई, शान्तिनगर उपभोक्ता समितिका अध्यक्ष शोभा खरेल, सरस्वती नगर सुधार संघका अध्यक्ष पेशल पहाडी, साहित्यकार तथा सहकारीकर्मी सीमा पुरी, बिध्यालय ब्यबस्थापन समितिका सदस्य धन घिमिरे, पुण्यलोचन आचार्य, समाजसेवी योगेन्द्र ढकाल तथा दिलेन्द्र ढकाल, एचटिभि खबरका प्रमुख सबिन पन्त, बरिस्ठ संगीतकार शिलाब बहादुर मोक्तान, बरिस्ठ गायीका तथा जोसेफ स्कुलकी संगीत शिक्षिका कुन्ती मोक्तान, बिध्यालयका प्राचार्य, सहायक प्राचार्य, ईन्चार्जहरु, शिक्षकशिक्षिकाहरु, कर्मचारीहरु, एस ई ई उर्तिर्ण १३८ जना बिध्यार्थीहरु, १३८ जना अभिभावकज्युहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारीले जोसेफ स्कुलले बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि आफ्नै मेहेनत परिश्रमबाट बुढानिलकण्ठ नगरपालिकाकै उत्कृष्ट नतिजा प्राप्त गरेको र यस बिध्यालयमा अध्ययनरत बिध्यार्थीहरु पढाई संगै ब्याबहारिक ज्ञानमा पनि उत्तिकै उत्कृष्ट रहेको कुरा बताएका थिए ।
बरिस्ट पत्रकार तथा कार्यक्रमका विशेष अतिथि पुरुषोत्तम दाहालले जोसेफ स्कुलका बिध्यार्थीहरु पढाईका साथसाथै कला र साहित्यमा उत्तिकै अब्बल रहेको कुरा बताएका छन ।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा न १२ का अध्यक्ष शम्भु भट्टराईले २५ बर्ष अघिदेखिनै जोसेफ स्कुलले सर्ब शुलभ शुल्कमा उत्कृष्ट शिक्षा प्रदान गर्ने यो क्षेत्रकै उत्कृष्ट बिध्यालय बन्न सफल भएको कुरा बताए ।
उत्तिर्ण बिध्यार्थी र अभिभाबकज्युहरुलाई शुभकामना दिदै काठमाडौ महानगरपालिकाका शिक्षा शाखा अधिकृत यमनाथ चौलागाईं र सहकारीकर्मी तथा साहित्यकार सीमा पुरीले बिध्यालयले शिक्षा क्षेत्रमा जोसेफ स्कुलले शिक्षा क्ष्रेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रम जोसेफ एजुकेसनल नेटवर्कका प्राचार्य सुर्य बहादुर अधिकारीले जोसेफ स्कुलबाट हालसम्म ३२०० जना बिध्यार्थीहरुले एस ई ई उर्तिर्ण गरेका बिध्यार्थीहरु नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत उच्च तहमा स्थापित हुन सफल भएको कुरा बताए ।
उक्त कार्यक्रममा जोसेफ कलेजक पुर्ब बिध्यार्थी तथा पुवा लोक गायक प्रसन्न पाठक तथा अन्य बिध्यार्थीहरुले नृत्य तथा गायन प्रस्तुत गरि कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।