अनुभव आदानप्रदान गर्दै महिला भेला सम्पन्न

अनुभव आदानप्रदान गर्दै महिला भेला सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,असार ६।

असार १ गते बालविकास समाजले स्वरोजगार शिक्षा कार्यक्रम (Self Employment Education Program-SEEP)अन्तर्गतका आठ वटा समूहबीच अनुभव आदानप्रदान गर्दै महिला भेला आयोजना गरेको छ ।

संस्थाको कार्यालय कपन, काठमाडौंमा सम्पन्न कार्यक्रमको संचालन सगरमाथा बचत समूहको सह–कोषाध्यक्ष कविता विश्वकर्माले गरेका थिए। कार्यक्रममा प्रगति बचत समुह, विश्वास बचत समुह, नमबुद्ध बचत समुह, चन्द्रमाबचत समुह, सगरमाथा बचत समुह, हिमाल बचत समुह, पूर्णिमा बचत समुह र चाँदनी बचत समुह गरी कपन क्षेत्रमा रहेका आठ वटा समुहका ८५ जना महिलाहरुको भेला भएको थियो ।
रोटरी क्लब अफ डिल्लीबजारका अध्यक्ष युवराजअधिकारीको प्रमुख आतिथ्यता र बालविकास समाजका अध्यक्ष सुवास गौतम र कार्यसमिति सदस्य शैलिनी ढकाल लगायत विशिष्ट अतिथिको उपस्थितिमा सम्पन्न उक्त भेलामा १ वर्ष स्वरोजगार शिक्षा कक्षा पूरा गरेका ४० सहभागीहरुलाई प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा प्रत्येक समुहबाट एक/एक जना सदस्यले आ–आफ्नो आर्थिक तथा वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए। उनीहरूबाट आफ्नो आत्म–सशक्तिकरणतर्फको यात्रा कसरी सुरु गरे र अन्ततःउद्यमहरू स्थापनागरी सामूहिक तथा व्यक्तिगत गरेका व्यवसायका अनुभवहरू प्रस्तुत गरिएको थियो । सदस्यले आ–आफ्नो समूहमा भएका सकारात्मक परिवर्तनहरूबारे पनि छलफल गर्नुका साथैआ–आफ्नो सुधारिएको आर्थिक स्थिति र फाइदाहरू वर्णन गरेका थिए ।
महिलाहरूको अनुभव र उपलब्धिहरू प्रस्तुती पश्चात् समूहका अन्य महिलाहरु समेत प्रेरणा र जानकारी पाएका थिए । आफ्नो जीवनमा भोगेका, सिकेका र स्वरोजगार शिक्षा कार्यक्रमबाट भएको सहयोगकाकथाहरू प्रस्तुत गरी उनीहरु सशक्तिकरण र आर्थिक प्रगति भएकोमा अत्यन्त हर्षित भएको कुरा व्यक्त गरे । २०६५ सालमा स्वरोजगार शिक्षा कक्षामा आवद्ध १ जना सहभागीले महिला विद्यालयमा पढेर गतवर्ष एस.ई.ई. उतिर्ण गरेको कथा प्रस्तुत गरेका थिए ।
रोटरी क्लव डिल्लिबजार र/ Friends of Nepal Adelaide Inc. (FoNAI) Australia को सहयोगमा संचालनभएको स्वरोजगार शिक्षा कार्यक्रम अन्तर्गत एक वर्षसम्म दैनिक संचालन भएको साक्षरता कक्षा र आर्थिक शिक्षा एवं व्यवसायिक ज्ञान हासिलगर्न सफल भएका थिए ।

तपाइँको प्रतिक्रिया ।