दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि फ्रिडम फाइटरलाई

दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि फ्रिडम फाइटरलाई

कपन अनलाइन

काठमाण्डौ ,असार ६।

डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटरले दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

चावहिल स्पोर्ट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चावहिल मैदानमा भएको फाइनलमा फ्रिडमले तकामी भेट्रानलाई ३–१ गोलले पराजित गर्दै उपाधि रक्षा ग¥यो । फ्रिडमका लागि ‘म्यान अफ द म्याच’ विकर्ण श्रेष्ठले २ तथा राजकुमार घिसिङले १ ले गोल गरे । तकामीका रितेश थापाले १ गोल फर्काए । उपाधिसंगै फ्रिडमले १ लाख नगद पुरस्कार हात पा¥यो । तकामीले ५० हजार नगद पुरस्कारमा चित्त बुझायो ।

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा तकामीका रितेश थापा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । गोलरक्षकमा मुकुन्द थापा, डिफेन्समा राजनलाल नेपाल र मिडफिल्डमा राजकुमार घिसिङ उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट तीनै खेलाडी फ्रिडमका हुन् । उत्कृष्ट चारैले जनही ५ हजार नगद पुरस्कार पाए ।

विजेतालाई नेपाल कांग्रेसका महामन्त्री गगनकुमार थापा, आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडा, चावहिल स्पोर्ट्स क्लबका अध्यक्ष अजब श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा विश्व साइकल यात्री शुभप्रसाद शर्मालाई आयोजक वडा ७ ले प्रोत्साहन स्वरुप नगद २ लाख रुपैयाँ प्रदान गरेको थियो । साताव्यापी नकआउट प्रतियोगितामा मोफसलका ६ सहित २१ टिम सहभागी थिए ।

तपाइँको प्रतिक्रिया ।