सर्वत्र छन्द छ : भिमकुमार राउत (कविता )

सर्वत्र छन्द छ : भिमकुमार राउत (कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेठ २७।

घासैमा काटदा सरमा सर निस्कने सङ्गीत
पहाडी पाखा सुरिलो भाका हुन्छ नि झङ्कृत
रोधीमाधाइ सङ्गिनीगाई झन राम्रो बन्दछ
के खोजी हिड्छौ गितारे गीत यसैमा छन्द छ ।

मोहीमापार्दा घारमा घु¥र मदाने तालमा
चुराको छन्छन नेतीको सर्सर नाग्बेलीचालमा
छत्ल्यङ गर्नेमोहीको सुर नौनीको धन्दा छ ।
के घोकी बस्नु त्यो गणसुत्र यसैमा छन्द छ ।

टाङ्टिङ बज्ने थालकचौरा ठ्याक्ठ्याके कराही
ढ्यापढ्यापे नाङ्लो झ्याइय भुटुन कुकरे मुरली
मिसिदा सबै सङ्गीतशाला भन्छा नै बन्दछ
किनजानू म त्यो मधुशाला घरमै छन्द छ

बाछाको बाँबाँ मनेको म्या छ परेवा घुर्घुर
चल्लाको चिउचिउमाहुरी भुन्भुनभालेको डाकर
सुरीको म्याउगुन्जिने गोठ ब्युझेर भन्दछ
कहाँखोज्छौ भो शास्त्रीय गुरु गोठमै छन्द छ

सिर्सिर हावा सललबग्ने खोलिको कल्कल
न्याउलीबोल्छे बिरह भाकाचखेवाचन्चल
कोयली कन्ठ मयुरी पङ्खमोहनी लाउदछ
गोठालो जादाप्रकृति हेर्दा वनमै छन्द छ ।

पहाडी चोलो मधेसी सारी हिमको पछ्यौरी
फुलबुट्टा भरी बाधेकीउन्ले चुरेको पटुकी
कैलाशशिर स्वयम्भू आँखाखुलेर भन्दछ
स्वर्गको टुक्रा नेपाल हेर सर्वत्र छन्द छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।