गजल : अनिता भण्डारी (पौडेल)
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १६।
मनमुटुमा सजाई राखेको तिम्रो तस्बिरले पनि
समयसँगै टक्कर दिईरहने तिम्रो तक्दिरले पनि
के भन्न खोजिरहेको छ खै बुझ्न सकिन मैले
बताउन सकेनन् कुनै भगवान र मन्दिरले पनि
चोखो माया दर्शाउछौ मन मुटु तड्पाईरहन्छौ
साथ नदिने रहेछ मिठो जवानी र शरीरले पनि
छेकेन रोकेन धड्कन सम्म पुग्ने बाटाहरुलाई
न भुले न कसैले भुलायो मिठो खातिरले पनि
जीवन एउटा छ सपना हजारौं किन उब्जिञ्छ्न
दिएन सन्तोष बजेन सुहाउदो धुन जागिरले पनि
तपाइँको प्रतिक्रिया ।