तर्पण : बालकुमार क्षेत्री (कविता )
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १८।
केटो बालकुमार खप्छ ननिको बेहाल बालापन
भोगेँ कष्ट अनेक चोट गहिरो दिन्थ्यो सदा क्रन्दन ।
सानै बालक थें कठै हजुरले छाडेर हिड्दा बुवा
आमाभाइकसो समाल्न सकुँला धर्केर सारा रुँदा ।।
कास्याका कुल खानदान घरमा बाबा बन्यौ ज्योतिषी
राम्रो ख्याल गरेर नै जतनले बाल्यौ तिमित्यो ज्योति ।
जीवाको सुनेरै कुरा हजुरको ईच्छा गयो शास्त्रमा
पढ्दै वेद पुराण ज्योतिष बन्यौ सेवार्थको मार्गमा ।।
मेरा बा किन दुःखको सफरमा छोडेर जानू भयो
बच्चाले कसरी सुसार घरको गर्ला भनीभुल्नु भो ।
कालो बादलले अचानक त्यहाँ चट्याङ बर्साउदा
बाबाले पल एक देर नगरी त्यो प्राण छोडी दिदा ।।
हाहाकार भयो उसै बखतमा सन्तापले खेतमा
साना बालकथ्यौं अचेत जननी बैनी थिइनगर्भमा ।
स्वर्गारोहण भो जसै हजुरको जिम्मा लिएँकाँधमा
मेरो सामु कुनै विकल्प नहुँदा थामे हलो हातमा ।।
हाम्रो भाग्य थिएन साथ रहने अल्पायुमै वित्नु भो
सम्झे हार हुने रहेछ भव यो बिर्सेर नै जित्नु भो
जेठो पुत्र भएँ पिताहजुरको गर्नेछु मै तर्पण
हे बाबा खुब याद गर्छ मनले श्रद्धाञ्जली अर्पण ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक