बृद्धाको प्रश्न : विष्णु उप्रेती (लघुकथा)

बृद्धाको प्रश्न : विष्णु उप्रेती (लघुकथा)

कपन  अनलाइन

काठमाण्डौ ,फागुन २७।

आश्रमको कर्मचारीले उनलाई बस्ने कोठामा पुर्याए । सानो कोठा, एउटा एकजनामात्र सुत्नमिल्ने खाट, एउटा सानो टेबुल र एउटा होचो दराज । उनले चारैतिर हेरे, झोलाबिसाएर र खाटमा बसे ।
त्यहाँकाकर्मचारीले याहाँको सबै नियमहरू बिस्तारमाबताउदै भने, – ‘खाने बेला भएपछि घण्टी बज्नेछ, सबैले आफ्नो थाललिएर खानाखाने हलमा भेलाहुनु पर्ने छ ।
केही समयपछि घण्टी बज्यो । उनीहतार हतार डाईनिङहलमापुगे । पचास जना बृद्धबृद्धाहरू सबै त्यहीजम्माभएकाथिए । दिउसोको चियाखाजाको बेलाथियो । सबै खानामा
मस्त थिए । उनले पनिचियाखाजाको प्लेट कप समाते । पालैपालो सबैका अनुहारमा हेरे र सबैसँग आश्रममा बस्न आउनुको कारण सोध्नथाले । सबैले आफ्नो आफ्नो विवशताबताए। त्यसपछि उनले आफ्नो कुरा भन्नथाले, ‘म पनि राजनीति गर्ने मान्छे हुँ । पहिला समानुपातिकबाट सांसद भएको थिएँ । घरमा स्वास्नी छोराछोरीले अलिबढि किचकिच गर्न थाले । अनियहाँ केही समयलाई आएको हु । अब तपाईंहरुले कुनै चिन्ताशोक लिनु पर्दैन । मेरो पावर, माथिल्लो निकायसम्म छ । म अब यहाँआमुल परिवर्तन गर्छु । देशमा गणतन्त्र आएको छ । अब हामीले यसरी आश्रममा बस्ने दिन धेरै छैन । उनका भाषण चलिरहेकै थियो । एकजना बृद्धले हात उठाए । उनी रोकिए । हात उठाउने तर्फ हेरे र बोल्न भने ।
उनले भने, ‘हजुर, मेरो प्रश्न छ, मान्छे राजनीति गरेपछि बौलाउछ कि बहुलाएपछि राजनीति गर्छ ?’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।