दीक्षालय स्कूल बुढानिलकण्ठ -११ कपनको कक्षा अवलोकन (Open House) कार्यक्रम सम्पन्न

दीक्षालय स्कूल बुढानिलकण्ठ -११ कपनको  कक्षा अवलोकन (Open House) कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,फागुन ७।

बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ कपनमा रहेको दीक्षालय नेपाल (स्कूल) को   आयोजना मा  कक्षा अवलोकन (Open House) कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा समुदायमा रहेका २ हजार भन्दा बढीले विद्यार्थीहरुको सृजना र कलाहरुको अवलोकन गरेका थिए।

२१औ शताब्दीमा प्रविधिमैत्री आधुनिक शिक्षा प्रदान गर्नका लागि Flip Classroom, IPC, IEYC कक्षामा आधारित विभिन्न विषयहरुका वारेमा विद्यालयका  विद्यार्थीहरुले प्रयोगात्मक कक्षाहरु प्रस्तुत गरेका थिए ।

सो अवसरमा  विभिन्न सांस्कृतिक  कार्यक्रम, योग अभ्यास,Face Painting, Phonics, स्वास्थ्य शिविर लगायत विविध कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।
विद्यालयले  शैक्षिक यात्रामा नेपालमा छुट्टै पहिचान बनाउदै वदलिदो परिस्थितिमा विद्यार्थीहरुलाई रटाई भन्दा प्रयोगात्मक, अनुसन्धान र प्रविधि मैत्री शिक्षाको माध्यमबाट सिकाईप्रति अभिरुची वढाउने र  जीवनोपयोगी सीपहरु सिकाउदै विश्वब जारमा स्थापितगर्न सक्ने जनशक्ति तयार पार्नु कार्यक्रम आयोजना गरिएको जनाएको छ।


उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी वडा अध्यक्षहरु सहित  विभिन्न विद्यालयका प्रधानाध्यापक, सह–प्रधानाध्यापक, शिक्षाविद्, शिक्षक, अभिभावक, विभिन्न लब्धप्रतिष्ठित व्यक्तिहरु तथा विभिन्न विद्यालयका विद्यार्थीहरुले अवलोकन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।