दोस्रो गजराज जोशी कप राष्टिय फुटलभी प्रतियोगितामा प्रथम चरणका खेलहरु सम्पन्न

दोस्रो गजराज जोशी कप राष्टिय फुटलभी प्रतियोगितामा प्रथम चरणका खेलहरु सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,फागुन ७।

नेपाल फुटभली संघको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा सञ्चालन भइरहेको दोस्रो गजराज जोशी कप राष्टिय फुटलभी प्रतियोगिताको उद्घाटन खेल संगै प्रथम चरणका खेलहरु सम्पन्न भएका छन ।

टोखा नगरप्रमुख प्रकाश अधिकारीले एक कार्यक्रम विच बलहस्तान्तरण गरी प्रतियोगिताको शुभारम्भ गरेका थिए । एन्फा कार्यसमितिका सदस्य एवम् गजराज जोशी टष्टका अध्यक्ष समेत रहेका मनिष जोशीको सभापतित्वमा समपन्न उद्घाटन समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

काठमाडौं , दोलखा, कास्की ,सिन्धुपाल्चोक सहित २४ टिमको सहभागीता रहेको खेलको दोस्रो चरणका खेलहरु ७ गते सम्पन्न हुनेछ । पहिलो दिनको खेलबाट दोस्रो चरण प्रवेश गरेका क्लब तथा टिमहरुमा टुख्या स्र्पोटस एकेडेमी, ह्याप्पी टिम टोखा, रेड स्टार क्लब, भकुण्डो डट कम, गजराजा जोशी टष्ट , सरस्वती नगर स्र्पोटस क्लब ए र बि, नेपाःक्लब, अमर ब्रर्दश क्लब, श्री भगती क्लब ,टोखा स्र्पोटस क्लब, काठमाडौं खेलकुद समाज लगायत रहेका छन ।

महिला तर्फ ३ टिमले प्रतियोगितामा सहभागीता जनाएका छन । गजराज जोशी टष्ट तथा सोसियल युथका दुई टिम प्रतियोगितामा सहभागी रहेका छन । यस प्रतियोगिता मार्फत आगामी फेब्ररी २३ देखी २७ मा भारतको केरलाचिवमा हुने २५ विश्व फुटभली च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको छनौट समेत गरिने आयोजक समितिका उपाध्यक्ष राजु विक्रम थापाले बताएका छन ।

तपाइँको प्रतिक्रिया ।