“अन्यथा नभए १५ दिनमा जोर धाराको पानी घरघरमा पुग्नेछ”

“अन्यथा नभए १५ दिनमा जोर धाराको पानी घरघरमा पुग्नेछ”

कपन अनलाइन

काठमाण्डौ ,फागुन ३।

कपन जोरधारा खानेपानी संरक्षण संस्थामा डिप बोरिङ्ग कार्य तीव्र रुपमा भैरहेको छ। लामो समय देखिको राजनीति र अनावस्यक ढीलासुस्ती पछि  सो क्षेत्रमा बोरिङ्ग खन्ने काम शुरु भएको हो।

कपन जोरधारामा खानेपानी वितरण बन्द भएपछि निकै ठुलो समस्या आउदा लामो समय फाइल बोकेर विभिन्न निकाय र नेताहरुको घर घरमा पुगेका संस्थाका महासचिव कुमार कसजु श्रेष्ठले बोरिङ्ग खन्दै गरेको तस्विर राख्दै भनेका छन “अन्यथा नभए १५ दिनमा जोर धाराको पानी घरघरमा पुग्नेछ”।

खानेपानी जस्तो संवेदनशील र जटिल विषयमा विभिन्न किसिमका दाउपेच र राजनीति देखेका र भोगेका श्रेष्ठले अवको केहि दिनमा पानी वितरण संकेत गरेका छन ।

असोजको अन्तिम साता देखि खानेपानी वितरण बन्द भएको कपन जोरधारा खानेपानी संरक्षण संस्थाको समस्या समाधानका लागि  बुढानिलकण्ठ नगरपालिकाले बोरिङ खन्ने रकाठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (KUKL) ले पाइप जोड्न बजेट व्यवस्थापन गरे संगै करिव ८ सय घरधुरीहरुले भोग्दै आएको खानेपानीको समस्या समाधान हुने भएको हो।

राजनीतिक दलहरुले भागबन्डामा समिति चयन गर्ने चलन चलाएको कपन जोरधारा खानेपानी संरक्षण संस्थाको नयाँ बोरिङ्ग खन्नका लागि नगरपालिकाले करिव २९ लाख बजेट उपलव्ध गराउने छ भने ३ लाख २४ हजार उपभोक्ता समितीले व्यवस्थापन गर्नेछ भने महाँकाल देखि पाइपलाइन विस्तारका लागि केयुकेएलले करिव ८४ लाख बजेट उपलव्ध गराएको छ।

 

तपाइँको प्रतिक्रिया ।