“हिमालको कथा” नाटक मार्फत हिमाली बिद्यार्थीको समस्या देखाए होली एन्जल्स स्कुलका बिद्यार्थीहरुले

“हिमालको कथा” नाटक मार्फत हिमाली बिद्यार्थीको समस्या देखाए  होली एन्जल्स स्कुलका बिद्यार्थीहरुले

कपन अनलाइन

काठमाडौँ, फाल्गुन ३ । १४औँ राष्ट्रिय बाल नाटक महोत्सवमा बुधबार  “हिमालको कथा” नाटक मन्चन भएको छ । होली एन्जल्स स्कुलका बिद्यार्थीहरुले अभिनय गरेको उक्त नाटक कलाकार मनोज लामाले निर्देशन गरेका हुन ।

शैली थिएटर, रुसी सदनको आयोजनामा संस्थागत विद्यालय संघ नेपाल (इसान) को सहकार्यमा  रूसि सदन कमलपोखरीमा मन्चन भएको उक्त “हिमालको कथा” नाटकमा हिमाली विद्यार्थीहरुले भोगेका यथार्थ, हिमाली जनजीवन, यार्सागुम्बा सङ्कलन तथा हिउँपहिरोको जोखिम जस्ता विषयमा कलाकारहरुको‌ प्रस्तुति रहेको थियो।

बालबालिकाका बिषयबस्तुलाई केन्द्रमा राखी कार्य गर्ने शैली थिएटरले विगत १३ वर्षदेखि हरेक वर्ष राष्ट्रिय बाल नाटक महोत्सव गर्दै आइरहेको छ । महोत्सव माघ २९ गतेदेखि फाल्गुन ८ गतेसम्म रूसि सदन कमलपोखरी र रातोपुल स्थित शैली थिएटरमा मञ्चन हुने छन् ।

तपाइँको प्रतिक्रिया ।