सदभाव : विजय रिमाल ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ २८ ।
जहाँबाट आएपनी एक्लै हो,
जहाँबाट गएपनी एक्लै हो,
अरु त अचानक बाटोको,
कुनै कुनामा अनायास भेंट भएका,
नाता गोता, बन्धु बान्धब न हुन,
बाचुञ्जेल चाहिएको सद्भाव न हो,
सद्भावको भाव नै छुटिए पछी,
जमातै लिएर गएपनी नगएपनी,
न त तीनलाई न त मलाई नै,
के फरक पर्छ र नयाँ स्थानमा,
एक्लै स्थान्तरण हुने त म हो नी !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।