रेडलेबल फेरिनुको रहस्य

रेडलेबल फेरिनुको रहस्य

काठमाडौँ  ९ असार ।  वैदेशिक रोजगार व्यवसायीको आसन्न निर्वाचन र त्यसको पूर्वतयारीका सिलसिलामा साँझको रमझम । यस्तो बेला जिउ तताउने बोतलभित्र कैफियत देखियो भने चुनावी रौनकमा कति फरक पर्ला ? यस्तै भयो आइतबार राति सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडि, सिनामंगलस्थित बाजेको सेकुवा रेस्टुरेन्टमा ।

10152197
नेपालीलाई विदेश पठाउने धन्दामा संलग्न विनोद महर्जन, साजन जोशी र शान्तराज महर्जन राति ८ बजेदेखि त्यहाँ खानपिनका निम्ति जुटेका थिए । प्रेमपूर्वक सेकुवाका परिकार उपभोग गर्दै जाँदा ९१ हजारको बिल उठ्यो । २ बोतल सकेर रेड लेबलको तेस्रो बोतल खोली पहिलो पेगको चुस्की लगाउन नपाउँदै त्यसबाट फिनेलको गन्ध आयो । ‘लौ जिब्रो बाक्लो भो’ भन्दै वेटरलाई गुनासो गर्ने नै भए । एकछिनमा म्यानेजरलाई पनि हाजिर गराइयो । होहल्ला भयो । प्रहरी पनि त्यहीँ पुगे । र, भनाभनका बीच खोलेका २ बोतल र स्याम्पलका रूपमा नखोलेको अर्को एउटा बोतल उठाएर चौकीमा पु¥याइयो । कार्की थरका म्यानेजर रातभरि थुनिए । एउटा बोतल अग्लो अर्को होचो देखिनासाथ त्यसैबाट कैफियत खुल्यो ।
एउटा दैनिकका पत्रकार यी सेकुवावाला राम्रा मान्छे हुन् यिनले दुई नम्बरी काम गर्दैनन्, छाडिदिनुप¥यो भन्दै सिफारिस गर्न गए । तर, प्रहरीले रक्सीको गुणस्तर जाँच्ने निकाय खाद्य तथा नापतौल विभाग नभएको हुँदा बोतलैसहित परीक्षणका निम्ति आन्तरिक राजस्व विभागको करदाता सेवा कार्यालयमा पठाएको छ भने रक्सीमा कैफियत जनाउने तीनै जना वैदेशिक रोजगार व्यवसायीले रक्सीबाहेक आफूले खाएको परिकारको बिल रेस्टुरेन्टलाई बुझाएका छन् । हिजै बानेश्वरको गैरीगाउँस्थित एउटा खुद्रा पसलबाट समेत पेप्सी कोला ब्रान्डअन्तर्गत ३५० एमएलको डेउभित्र कालो लेदो भेटिएपछि प्रहरीले परीक्षणका निम्ति गुणस्तरमा पठाएको छ ।

जनआस्था साप्ताहिक बाट 

तपाइँको प्रतिक्रिया ।