कागेश्वरी मनोहरा नगरपालिका र रेडक्रस बीच सम्झौता ,नगरबासीलाइ नि;शुल्क रगत उपलब्ध गराइने
कपन अनलाइन
काठमाडौं, माघ २७ । कागेश्वरी मनोहरा नगरपालिकाले नगरबासीलाइ निशुल्क रगत उपलब्ध गराउने भएको छ । नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा नगर उपशाखाको समन्वयमा सो नगरपालिका भित्र बसोबास गर्ने सबैको लागी रक्त संकलन गर्दा लागेको शुल्क समेत कोही कसैले तिर्नु नपर्ने गरी ( निशुल्क रुपमा) उपलब्ध गराउने गरी नेपाल रेडक्रस सोसाइटी केन्द्र , भक्तपुर, काठमाण्डौ शाखा र कागेश्वरी नगरपालिका बिच सम्झौता भएको छ ।
नेपाल रेड क्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखा को संयोजनमा कागेश्वरी मनोहरा नगरपालिका द्वारा नगर बासिहरुलाई अस्पताल मा रगत आवश्यक पर्दाडाक्टर को रगत माग पुर्जा र कागेश्वरी मनोहरा नगरपालिकाको को बासिन्दा रहेकोपरिचय खुल्ने कागज पेश गरेर केन्द्रिय रक्तसञ्चार सोल्टी तथा भक्तपुर रक्तसञ्चार भक्तपुर बाट यही २०७९ फाल्गुन १गतेदेखि २०८०माघ मसान्तसम्म १बर्ष को लागी नि:शुल्क रुपमा रगतको पोका प्राप्त गर्ने गरि सम्झौता भएको हो ।
नगर प्रमुख उपेन्द्र कर्की को अध्यक्षतामा भएको उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा ,उप प्रमुख शान्ता थापा ,रेड क्रस केन्द्रिय कार्यकारी निर्देशक उमेश ढकल,रक्तसञ्चार निर्देशक दिब्य राज पौडेल ,भक्तपुर रेड क्रस सभापति मनोज थापा ,काठमाडौं सभापति श्याम काजी डोटल, बडा अध्यक्ष मकुन्द गजुरेल सहित जनप्रतिनिधि कर्मचारी र स्थानीयको उपस्थिति रहेको थियो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा नगर उपशाखाको क्षमता अभिबृद्धि गर्न नगर प्रमुख उपेन्द्र कार्कीले एक थान ल्यापटप र प्रिन्टर हस्तान्तरण समेत गरेका थिए भने हरियाली नगर का बिजय सुवेदी ले नेपाल रेड क्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखा ५००५/ रुपैया आर्थिक सहयोग समेत गरेका थिए ।