बा : मुना ब्रा उसमोनोभा (उज्वेकिस्तान)
कपन अनलाइन
काठमाण्डौ ,माघ १३।
आमा र म मध्यरातमा मेरो बुबा कामबाट घर फर्किने प्रतीक्षा
गथ्र्याैं । भान्सामा बसिरहेकीआमाले खानाचिसो नहोस् भनेर बेला बेला चूल्होमा दाउँरा दन्काउँदै हुनुहुन्थ्यो म आफ्नै हातमा पानी खन्याउँथें । आमा यो देखेर भन्नुहुन्थ्यो ‘छोरी, के भयो ?’ म जवाफ दिदैन थिएँ, ढुस्स परेर बसीरहन्थें, बालामो समयसम्म म सँग कुरा गर्न मन पराउनु हुन्थ्यो, बाले भन्नुहुन्थ्यो, त्यो बेला मेरो स्वर फेरिएको देखेर उहाँ छक्क पर्नुहुन्थ्यो, आमाले भनिन्, ‘हो, तिम्री छोरीको मुड बिग्रिएको छ । भोलि उनी र उनका सहपाठी साथी रोजियाको घरको आँगनमा पार्टी गर्न जाँदैछन् । तिम्रो छोरी बाहेक पसलमा आएका सबैले नयाँ स्वेटर लिएर गए । मसँग धेरै पैसा थिएन र म उनको फाल्तु खर्चको लागी म कतै काम गर्दिन … त्यसैले उनी दिनभर मसँग रिसाएकी छिन् आमाले भनिन … ‘अचानक आफ्नो रिस गुमाउने र हात पुछ्ने मेरो बुबालाई हेरेर मलाई लाजलाग्यो । कटोरामा आधा सूप खाए पछि ।’
‘बा, दुःखी नहुनुहोस्, मैले भर्खरै भनेको छु, मलाई यो आवश्यक छैन ।’ म सधैँ लगाएको टपसँगै जान्छु मेरो भाइ नासिरले भने, ‘तिमी साँझसम्म बस्ने छैनौ ।’ जे होस्, साँझ पहिले मलाई फर्काएर ल्याउनेछ, मैले भनेँ ।
बुबाचुपचाप सडकै सडक निस्कनुभयो । म र मेरी आमा चुपचाप बस्यौंं, धेरै समय भइसकेको थियो । एकैछिनमा हातमा कागजको झोलालिएर आउने बालाई देखेर हामी खुसी भयौँ ।
झोला खोलेर बाले केही निकाल्दै भन्नुभो ‘छोरी, यो तिम्रो साथीहरूले किनेको स्वेटर हो ?’ र फेरी – बाले फिस्स हाँस्दै भन्नुभो – मैले तीमध्ये धेरै एकै पटक किनिदिएको छु । तिमीलाई मनपर्ने एउटा छान त, र बाँकीलाई बिहान पसलमा लैजानुछ ।
म अझै सानै भएपनि बुबाको काखमा फ्याँकिएँ । मैले के रोजें र ‘देखाएँ’थाहा पाएन, मध्यरातमा बाले कहाँ र कसरी ल्याए मलाई चित्त बुझेन । पछि बाले छिमेकको छेउमै रहेको पसलका गार्डलाई बोलाएर बिक्रेताभाइ रुस्तम खानको घरमा बोलाएको थाहा पायौं । रुस्तमले पुन : आफ्नो पसलबाट ३/४ जोर ‘फेसनका कपडा ल्याई दिए । यो देखरे म खुसीले रातभर निदाउँनै सकिन, बिहान सम्म निद्रा नै लागेन । खासमा बालाई नीनिदैँ लागेनछ मैले यो कुरा बुझिसकेको थिए, के कारणले थाहाथिएन बिहानकाममा जान लाग्दा बाले भन्नुभयो, ‘म सुतेँन भने, म कमजोर हुनेछु’, मलाई थाहा छ तिम्रो खुसी देखेर म खुसीनिदा सकेन । बाका यस्ता धेरै घटनाहरु मलाई याद नै छन् । मलाई याद छ जब म विद्यार्थी थिएँ, बाआमाले मलाई मनपर्ने कोट र जुत्ता किन्न ओश सहरमा लगेका थिए । मेरो बाआमाले नासिर र मलाई समान मायाले हुर्काउनुभयो । हामीले सन्त जस्तै बाबालाई पुज्यौं र आँखामा खुट्टा रगाएर बाँच्यौं । बाआमा सधैँ हाम्रो घर र हाम्रो हृदयहुन् । तर अहिले सोच्दा मेरो मनमा अनेक प्रश्नहरु आउँछन जब बाआमा बुढा हुँदै गए घर बाहिर जान हिडडुल गर्न सक्दैनन, मैले उनीहरुलाई कम्तिमा एक पटक पसलमा समेत लिएर गएको छैन र एकदिनबा को हातमा एउटा कागजमा भरीएका चित्रहरु देखाउँदै भनें बा, तपाईलाई मनपर्ने कुनै एक छान्नुहोस्, मलाई यो तपाईको लागी लिनदिनुहोस्, यस अघी मैले नै बालाई ल्याएको एकजोर लुगा नलाईकन किन राखे र मैले आज सम्म दिएका मेरा उपहारहरू उनको सिरानीमुनि किन राखिन्छन भनेर मैले आजसम्म सोच्न सकेको छैन ।
(अनुवाद: कमल ढुंगाना)
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक