बसुदैब कुटुम्बकम : गंगा लिगल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ ७ ।
सुगन्धी फूलको माला जीवन उमंग भर्दछ
विश्वासले उने प्रेम कीर्ति अमर बन्दछ
पवित्र प्रेममा ईश खुशीले मुस्कुराउँछ
वसुदैव कुटुम्बकम्लाई साकार गर्दछ ।।
राष्ट्रको प्रेममाआफै मनमा हर्ष छाउँछ
श्रृखला हीमका संझी मन उमंग ल्याउँछ
डाँफे वनचरि माथि जब उडान भर्दछ
लेकको शुन्यतालाई प्रकृतिले सिंगार्दछ ।।
गुराँसको फूलमा यौवन जब चढ्दछ
धर्ती सारा रङ्गमङ्च सौन्दर्यपूर्ण बन्दछ
वृक्षको डालीमा खेल्दै जब गाउँन थाल्दछ
मयूर पंख फैलाई छमछमी नाच्न थाल्दछ ।।
सदा बहार धर्तीको सौन्दर्य जब छाउँछ
कताकता हृदयमा स्वच्छन्द भाव आउँछ
झर झर शब्दगरि झर्ना जब ध्वनीगर्दछ
आनन्दीमनको दुःख छिनमै सब हर्दछ ।।
धानको हरियो वाला जब लहलहाउँछ
चैतर्फ हर्षको वर्षा धर्ती नै मुस्कुराउँछ
जब बसन्तले घुम्टो उघार्न शुरु गर्दछ
खुशीले देश प्रेमीको मन अति रमाउँछ ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक