गोकर्णेश्वर नगरपालिका वडा नं ६ को  नवनिर्मित वडा कार्यलय भवनमा पुजा

गोकर्णेश्वर नगरपालिका वडा नं ६ को  नवनिर्मित वडा कार्यलय भवनमा  पुजा

कपन अनलाइन

काठमाडौं माघ ७ । गोकर्णेश्वर नगरपालिका वडा नं ६ को  नवनिर्मित वडा कार्यलय भवन पुजा गरिएको छ  । हिजो र आज गरि दुइ दिन सम्म सनातन हिन्दु, बौद्ध परम्परा अनुसार गुरुहरुबाट नयाँ भवनमा पुजा पाठ गरिएको छ ।

करिब एक करोड ३० लाखको लागतमा बनेको उक्त भवन  सांढे दुइ तलाको  रहेको छ ।गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाल, उपप्रमुख सान्नानी लामाले वडाको अवलोकन गर्नुको साथै पुजा-पाठमा सहभागी भएका थिए।

त्यसैगरी वडा अध्यक्ष नवराज लामा, वडा सदस्यहरु प्रेम खड्का, बच्चुराम शर्मा कुईकेल, मञ्जु पुडासैनी, वशन्ती नगरकोटी, वडा सचिव चन्द्रप्रभा उपाध्याय लगायत वडा -८का वडा  सदस्य चन्द्रलाल श्रेष्ठले समेत पुजामा सहभागी भएका थिए ।  वडा अध्यक्ष नवराज लामाले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउँदै नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गरेका छन  ।

“जनप्रतिनिधि भनेका जनताका सेवक हुन्,” उनले भने, “गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधि जनताकेन्द्रित भई समर्पित भावले काम गर्दै आइरहेका छन् । जनताको आवश्यकतामा साथ दिन जनप्रतिनिधि हरदम तयार छन् ।”  वडा कार्यालय हरेक गतिविधिमा अपनत्व लिएर सहयोगी भावनाका साथ अगाडि बढेको बताउँदै वडा कार्यालय भवन निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष सहयोगी भूमिका खेल्नेप्रति धन्यवाद ज्ञापन गरेका छन

तपाइँको प्रतिक्रिया ।