गोकर्णको ऐतिहासिक देशे गाउ जाने बाटोमा प्रवेशद्वार शिलान्यास

गोकर्णको ऐतिहासिक देशे गाउ जाने बाटोमा प्रवेशद्वार  शिलान्यास

कपन अनलाइन

काठमाडौँ, पौष २१। गोकर्णेश्वर नगरपालिका वडा नं ४  ऐतिहासिक देशे गाउ जाने बाटोमा गेट (प्रवेशद्वार)  निर्माणको शिलान्यास गरिएको छ ।  मंगलबार  एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल, उप प्रमुख सान्नानी लामा वडा अध्यक्ष जयराम महतले संयुक्त रुपमा उक्त  गेट (प्रवेशद्वार)को शिलान्यास गरेका हुन करिब १५ लाखको लागतमा निर्माण गरिने लागेको उक्त गेट गेट (प्रवेशद्वार) दाचि इट्टा प्रयोग तथा  मौलिक शैली झल्किने खालका कलाकृतिको हुने वडा अध्यक्ष जयराम महतले जानकारी गराए।

 उनले उक्त गेट निर्माण पश्चात ऐतिहासिक गाउ देशेको पर्यटन  प्रवर्द्धन र प्रचारमा सहयोग पुग्ने समेत बिश्वास ब्यक्त गरेका छन  । उक्त गेट शिलान्यास कार्यक्रममानगर प्रवक्ता नारायण बहादुर सुवेदी, वडा अध्यक्षहरु द्वारिका श्रेष्ठ, मधु तामाङ, मुरारी प्रसाद कुईकेल, नवराज लामा, राजिव थापा, प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा, स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्याय, नगरपालिकाका लेखा प्रमुख रामजी रायमाझी, वडा सदस्यहरु कृष्ण श्रेष्ठ, राजेश श्रेष्ठ, सुनिता परियार, गौरी श्रेष्ठ, सहित वडा सचिव नवराज सेन लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।