कपन जोरधारा खानेपानी सेवा बन्द हुँदा खानेपानीको हाहाकार,सरोकारवालाहरु छलफल मै व्यस्त

कपन जोरधारा खानेपानी सेवा बन्द हुँदा खानेपानीको हाहाकार,सरोकारवालाहरु छलफल मै व्यस्त

कपन अनलाइन

काठमाण्डौ ,पुस  २।

कपन जोरधारा खानेपानी संरक्षण  संस्थाको सेवा बन्द हुँदा बुढानिलकण्ठ नगरपालिका वडा नं १०,११ र १२ का सयौ घरधुरीहरुमा  खानेपानीको हाहाकार भएको छ।

साउन महिनाको अन्तिम साता देखि डिप बोरिङ बन्द भएर रोकिएको खानेपानी वितरणको सेवा महिनौ सम्म बन्द हुँदा सयौ घरधुरीका हजारौ स्थानीयहरु अत्यावश्यक सेवाबाट बन्चित बनेका हुन।

सरोकारवालाहरु विच  पटक पटक छलफल भएपनि  आवस्यक तदारुकता र पहल नहुँदा उपभोक्ताहरु भने निकै ठुलो आर्थिक र मानसिक मारमा परेका छन।

२०५९ साल देखि कपन क्षेत्रमा तिन वडा वडाका विभिन्न स्थानमा पाइपलाइन विस्तार गर्दै खानेपानीको सेवा प्रदान गर्दै आइरहेको कपन जोरधारा खानेपानी संरक्षण संस्थाको सेवा साउन अन्तिमबाट  बन्द भए संगै स्थानीयहरु खानेपानी किनेर खान बाध्य बनेका छन भने यसका सरोकारवालाहरु भने आज पुस २ गते सम्म छलफल र अन्तरक्रिया मै व्यस्त देखिएका छन।

नयाँ डिप बोरिङ खन्ने कि उपत्यका खानेपानीबाट कपन जोरधारा खानेपानी संरक्षण संस्थाको संरचनामा पानी वितरण गर्ने ?भन्ने विषयमा  केहि महिना बिताइसकेका सरोकारवालाहरुले तदारुकता नलिए हजारौ उपभोक्ताहरु आन्दोलनमा उत्रिन सक्ने  उपभोक्ताहरुले  चेतावनी दिएका छन।

यसै विच आज पुस २ गते बुढानिलकण्ठ -१२ को इभर साइन पार्टी प्यालेसमा  हुने उपभोक्ता , सरोकारवाला र स्थानीय सरकार विचको छलफल र भेलाले ठोस निर्णय गर्ने अपेक्षा उपभोक्ताहरुले  गरेका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।