मेरो राजनीतिक चरित्रहत्या गर्ने प्रयास भयो : महामन्त्री राजु श्रेष्ठ
कपन अनलाइन
काठमाण्डौ ,पुस २।
नेपाली कांग्रेस बागमती प्रदेस समितीका महामन्त्री राजु श्रेष्ठले पछिल्लो समय निरन्तर रुपमा आफ्नो राजनीतिक चरित्रहत्याको प्रयास भैरहेको बताएका छन।
बागमती प्रदेस सभा सदस्यका लागि समानुपातिक तर्फको नाम छनौट र चयनका विषयलाई लिएर विभिन्न संचार माध्यम र सामाजीक संजालहरुमा आफुलाई जोडेर राजनीतिक चरित्र हत्या गर्ने प्रयास गरिएकोमा दुख व्यक्त गर्दै महामन्त्री श्रेष्ठले निराधार र कपोकल्पित प्रचार गर्नु नहुने बताएका छन।
आफुले तिन दशक अगाडी देखिनै नेपाली कांग्रेसको विस्तार र विकासमा इकाई तह देखि आजको दिन सम्म निरन्तर योगदान गर्दै दर्जनौ विषम र कठिन परिस्थितिको सामना गरेको सबैलाई स्पस्ट जानकारी रहेको बताउदै महामन्त्री श्रेष्ठले प्रदेस सभामा प्रतिनिधि चयन गर्ने पार्टीको अधिकार रहेकोले स्थानीय तहको निर्वाचनको प्रसंगलाई जोडेर आफ्नो वारेमा गलत प्रचार भएको दावी गरेका छन।
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ का पूर्वसभापति समेत रहेका श्रेष्ठले कुनैपनि आग्रह पूर्वाग्रह र वा प्रतिसोध प्रेरित भएर कुनैपनि तथ्य र आधार बिना राजनीतक चरित्रहत्या गर्ने प्रयास हुनु दुखद रहेको भन्दै आगामी आफु थप मजबुत भएर निरन्तर नेपाली कांग्रेसको विस्तार र विकासमा सक्रिय हुने बताएका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बुढानिलकण्ठ नगर प्रमुखको उम्मेदवार समेत रहेका श्रेष्ठ राजनीति संगै विभिन्न सामाजिक र खेलकुदका अभियानहरुमा समेत सक्रिय रहदै आएका छन।
बुढानिलकण्ठ नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण र उपयोगका लागि आवाज उठाउदै आएका श्रेष्ठले कोरोना प्रकोपको समयमा राहत,स्वास्थ्य सहयोग र सचेतनाका लागि विभिन्न अभियानहरु संचालन गरेका थिए।