आत्मालोचना : महेन्द्र चालिसे (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २४।
जन्मदै सामन्तवादी वर्गमा जन्मेका सरकारहरु र पूँजीवादी सरकारले गरेको देश लुट्ने काममा उस्को न गुनासो थियो र न छ । तर सर्वहारावर्गको हक र हीतको नारा दिएर बनेका र बन्ने सरकारले ती सामन्तवादी र पूँजावादी सरकारलाई पनि लाजलाग्ने गरी देश लुट्दैछन् र लुटिरहेछन् । यसरी तथाकथित सर्वहाराको नाऊँमा बनेको सरकारले गरिब जनताले रगत पसिनाका रुपमा कमाएर करको रुपमा तिरेको पैसा आफ्ना सुबिधाका नाऊँमा लुटिरहेको देख्दा सो लुटमा आफ्नो पनि हात रहेको उस्ले महसुस गरिरहेछ । किनकि यस्तो सरकार बन्नुमा उस्को पनि हात रहेको छ । भलै ऊ कुनै दल तथा तिन्का भात्री संगठनको सदस्य छैन तर, ऊस्ले सधै त्यही दललाई मतदान जो गरेकोछ । यस्का लागि ऊस्ले धेरै संग वैरभावलिदै वादविवाद गरेको छ र कैले त झगडा नै समेत । यस्तो सरकारले देश लुट्दा त्यस लुटेरा समुहमा आफ्नो पनि योगदान रहेको भन्दै ऊस्को आत्माले ऊस्लाई चिमोटि रहेछ ।
त्यसैले उँ सोच्दैछ – अब आयन्दा आफ्नो अमूल्य मतदान गरेर देश लुटाऊने अभियानमा आफूलाई सहभागी गराऊदैन । र यस अघि यस्ता अभियानमा सहभागिता जनाएकोमा भित्री आत्मा देखि आत्माआलोचना गर्छ र आइन्दा न कसैलाई आफ्नो मत दिएर बिशिष्ठ श्रेणीमा पुग्न मद्दत गर्छ, किनकि पूर्व बिशिष्ठका नाताले फेरी त्यस्ले देश लुट्न पावस र न ऊस्ले फेरी फेरी आत्माआलोचना नै गर्न परोस ।
भोट नहाल्ने मात्र होईन अबत जो भोट माग्न आऊछ उस्लाई छानाबाट फोहर पानी खन्याएर पठाई दिन्छ ।
आच्छु, उस्का टाऊका देखि पानी तप्कि रहेको छ ।
थुक्क, ऊसले त सपनापो देखिरहेको रहेछ र सपनामा छानाबाट भोट माग्नआउने नेतालाई पानी फ्यालेको भनेको त सिरानीमा राखेको गिलासको पानी आफ्नो टाउकामा पो खन्याएछ त ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक