मतदानको एक दिन अगाडी अकस्मात निर्वाचन कार्यालय किन पुगे डा.राजन भट्टराई ?
कपन अनलाइन
काठमाण्डौ,मंसिर ३।
नेकपा स्थायी कमिटी सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.राजन भट्टराईले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर तयारीको अवस्थाका वारेमा जानकारी लिएका छन।
काठमाण्डौ क्षेत्र नम ४ (१ ) का प्रदेस सभा सदस्य उम्मेदवार तेज प्रसाद ढकाल र क्षेत्र नं ४ (२) का उम्मेदवार जयराम थापा सहित निर्वाचन कार्यालय र मतदान स्थलको अवलोकनमा निस्किएका डा.भट्टराईले कर्मचारीहरु संग निर्वाचन तयारी लगायत विभिन्न पक्षहरुका वारेमा छलफल समेत गरेका थिए।
मतदान सुरु हुनुभन्दा केहि घण्टा अगाडी मतदान स्थलमा पुगेका काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका डा. भट्टराईले वडा नं १,२ ,१३ लागयतका वडाहरुमा रहेका मतदान स्थल र केन्द्रहरुका वारेमा जानकारी लिएका हुन्।
काठमाण्डौ क्षेत्र नं ४ मा कुल मतदाता ६९,६५२ रहेका छन। निर्वाचन आयोगले प्रकासित गरेको अन्तिम नामावली अनुसार काठमाण्डौ क्षेत्र नं ४ का १२ वटा वडाको कुल मतदाता ६९ हजार६ ७ सय ५२ रहेको छ।
काठमाण्डौ क्षेत्र नं ४ मा सबैभन्दा बढी मत काठमाण्डौ महानगरपालिका वडा नं ७ मा रहेको छ भने सबै भन्दा कम मत बुढानिलकण्ठ नगरपालिका वडा नं १ मा रहेको छ ।
कुन वडामा कति छन मतदाता ?
बुढानिलकण्ठ नगरपालिका
वडा नं १ :२१९५
वडा नं २ :३७७८
वडा नं ८ :४९२८
वडा नं ९ :३७८९
वडा नं १० : ८३००
वडा नं ११ :५१५०
वडा नं १२ :४९९२
वडा नं १३ :३९२५
काठमाण्डौ महानगरपालिका
वडा नं १ : ३८४६
वडा नं ७ :१५०४६
वडा नं ८ :५६७४
वडा नं ३० : ८२२९
