मतदान केन्द्र निर्माण तयारी पुरा

मतदान केन्द्र निर्माण तयारी  पुरा

कपन अनलाइन 

काठमाडौँ,  मङ्सिर ३ ।मंसिर ४ गते हुने प्रतिनिधि  तथा प्रदेश सभा  निर्वाचनका लागि मतदान स्थलमा पुुगेका कर्मचारीले काठमाडौं क्षेत्र नं ३का  मतदान केन्द्र निर्माण  कार्य  पुरा  गरेका छन ।मतदान कार्यलाई कसरी सहज र व्यवस्थित बनाउने भन्नका लागि खटिएका कर्मचारीले मतदान स्थलमा केन्द्र निर्माण कार्य  गरेका हुन।

मतदान केन्द्रलाई घेराबार गर्ने, मतदातालाई पंक्तिबद्ध भएर बस्न डोरी लगाउने, मतदान गर्न जाने र निस्कने बाटो निर्माण गर्ने, अस्थायी शौचालय निर्माण र पिउने पानीको समेत व्यवस्था गरिएको छ।

त्यसैगरी, गोप्य मतदानका लागि कोठा निर्माण, मतपेटिका राख्ने स्थानसमेत तयार गरिएको छ भने मतदान केन्द्रलाई घेराबार गर्ने, मतदातालाई पंक्तिबद्ध भएर बस्न डोरी लगाउने, मतदान गर्न जाने र निस्कने बाटो निर्माण गर्ने, अस्थायी शौचालय निर्माण र पिउने पानीको समेत व्यवस्था गरिएको छ।

त्यसैगरी, गोप्य मतदानका लागि कोठा निर्माण, मतपेटिका राख्ने स्थान समेत तयार गरिएको छ भने चारकिल्ला छुट्याउने , मदिरा निषेधित, हातहतियार निषेधलगायत विषयमा सूचनासमेत जारी गर्ने कार्य भएको छ ।

तपाइँको प्रतिक्रिया ।