दुर्व्यवहारको शिकार भएका अध्यक्ष रवी भन्छन, “प्रल्हाद दाइले स्थानीय चुनावमा हारेको रिस फेर्नुभो”
कपन अनलाइन
काठमाण्डौ ,मंसिर ३।
मंसिर २ गते साँझ बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा भएको घटनामा वडा अध्यक्ष रवी खड्काले उनका प्रतिस्पर्धी प्रल्हाद खड्काले हारको रिस फेर्नका लागि दुर्व्यवहार गरेको बताएका छन।
बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का स्थानीय तोक्मान तामाङलाई भेट्न पुगेका वडा अध्यक्ष रवी खड्का माथि हातपात गरेका थिए। २०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा वडा नं ६ मा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार रहेका प्रल्हाद खड्काले नेकपा एमालेका उम्मेदवार रवी खड्कालाई झापड हानेका थिए।
काठमाण्डौ क्षेत्र नं ५ (२ ) मा प्रदेस सभा सदस्य उम्मेदवार रहेका दीपक निरौला र नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी अध्यक्ष प्रदिप डंगोल सहित पुगेका वडा अध्यक्ष खड्काले विना कारण र आधार एक्कासी हातपात गरेको कपन अनलाइनलाई जानकारी दिएका छन।
नेपाली कांग्रेस बुढानिलकण्ठ वडा नं ६ इकाई समितीका सभापति समेत रहेका प्रल्हाद खड्काबाट भएको व्यवहार निन्दाजनक र गैर राजनीतिक भएको भन्दै अध्यक्ष खड्काले सामान्य कुरालाई अतिरन्जित बनाउने गठबन्धनको प्रयासका पछि नलाग्न सम्पूर्ण क्षेत्रवासिमा अनुरोध समेत गरेका छन।

