काठमाण्डौ क्षेत्र नं ५ का मतदाताको मायाले ईश्वर पोखरेल उत्साहित,५ वर्षमा के के काम गरेका थिए ?

कपन अनलाइन

काठमाडौं, कात्तिक २८।

२०७४ सालको निर्वाचनमा मत माग्न जनताको घरदैलोमा पुगेका  नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नं  ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले क्षेत्रको विकासका लागि गरेका बाचा पुरा गरेर दोश्रो पटक जनताको माझमा मत मागिरहेका छन।

२०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संस्कृति ,प्रकृति र पूर्वाधार विकासका कामहरुलाई संघीय सरकार, प्रदेश सरकार र स्थानीय पालिकाको सहकार्यमा संचालनका लागि अभिभावकत्व प्रदान गरेका पोखरेल आफ्नो निर्वाचन क्षेत्रका  काठमाडौं महानगरपालिका, टोखा तथा बुढानिलकण्ठमा अर्बौं बजेट ल्याउन सफल भएका छन्।

काठमाण्डौ क्षेत्र नं ५ मा  ईश्वर पोखरेलले  के के गरे ?

टोखा नगरपालिका चण्डेश्वरी हुँदै बूढानीलकण्ठ जोड्ने ४ किमी सडक कालोपत्र गर्ने कार्य करिब सम्पन्न ।

बुढानीलकण्ठ नगरपालिका–३ चपली घुम्तीदेखि श्रीराम स्कूलसम्मको सडक स्तरोन्नति कार्य सम्पन्न ।

बुढानीलकण्ठ–४ स्थित प्रगति पुस्तक पसल, गोल्डेन चोक, कपुरचोक हुँदै बूढानीलकण्ठ वडा नं. ६ जोड्ने सडक स्तरोन्नति कार्य सम्पन्न ।

बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ हात्तीगौंडा चोकदेखि विष्णुमतिसम्मको सडक कार्य सम्पन्न ।

बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ गोल्फुटारदेखि च्यासिङ्डोलसम्मको सडक स्तरोन्नति कार्य सम्पन्न । साथै, च्यासिङ्डोल देखि विष्णुमतिसम्मको सडकको टेण्डर भई आगामी वर्ष कार्य सम्पन्न हुने चरणमा ।

देउराली जनता भगवती मन्दिर–टोखा रोडसम्मको सडक स्तरोन्नति सम्पन्न ।

टोखा रोड–झुडोलमार्ग निर्माण सम्पन्न । त्यस्तै, झोर र टोखा जोड्ने मालुङ सडक स्तरोन्नतिको लागि चरणवद्ध कार्य प्रारम्भ ।

बुढानीलकण्ठ नगरपालिका वडा नं. ५ स्थित टुसालको पहिरो नियन्त्रणमा पहल गरिएको तथा काठमाडौं महानगरपालिका वडा नं. ४ र ५ हुँदै बग्ने खहरे खोला व्यवस्थित हुने चरणमा ।

काठमाडौं महानगरपालिका–५ स्थित सार्वजनिक जग्गा र बौद्ध विहार संरक्षण गर्न कम्पाउन्ड वाल निर्माण सम्पन्न ।

काठमाडौं महानगरपालिका वडा नं. ३ स्थित शिवपुरी माविको स्तरोउन्नतिका लागि विद्यालयलाई ल्यापटप वितरण ।

खानेपानी

काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का नेकपा (एमाले)का उम्मेद्वार ईश्वर पोखरेल संसद र सरकारको नेतृत्वमा पुगेपछि खानेपानीको क्षेत्रमा व्यापक योजना तथा कार्यक्रमहरु अघि बढेका छन् ।

खानेपानीको व्यवस्थित वितरण देखि नयाँ योजना निर्माण गर्ने व्यवस्थित कार्ययोजना यस अवधिमा पूरा भएका छन् । यसै क्षेत्रमा गैह्रीगाउँ खानेपानी योजना निर्माणदेखि जग्गा संरक्षण र खानेपानी व्यवस्थानका निम्ति धनेश्वरमा बजेटको व्यवस्थापन भएको छ । साथै, धनेश्वर खानेपानी आयोजनाका निम्ति नयाँ टोल सुधार समितिका निम्ति पर्याप्त बजेटको भएको छ ।

सामुदायिक विद्यालयमा खानेपानीको समस्या हल गर्ने प्रयासको प्रारम्भ यसै कार्यकालमा सुरु भएको छ । खासगरी शिवपुरी माविको क्यान्टिन निर्माण तथा खानेपानी व्यवस्थानका निम्ति पहल र प्रयत्नबाट सुरु भएको छ ।

विगतमा एमाले नेतृत्वको सरकारको अथक प्रयत्नबाट सूचारु भएको मेलम्ची खानेपानीको वितरणलाई यस निर्वाचन क्षेत्रमा पाइप विस्तार तथा वितरणलाई व्यवस्थित गर्ने यस क्षेत्रअन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. २, ३, ४ र ५ मा झण्डै १३ अर्ब बजेटको व्यवस्थापन भएको छ। जुन काम आंशिक रुपमा कार्यान्वयन हुने चरणमा छ ।

सडक पूर्वाधार 

काठमाडौं निर्वाचन क्षेत्र ५ भित्र सड्क स्तरोन्नति तथा निर्माणमा उल्लेख्य उपलब्धि हासिल भएका छन् । बुढानिलकण्ठ नगरपालिका ३ स्थित छोलिङ गुम्बा सडक निर्माणका लागि पर्याप्त बजेटको व्यवस्थापन भएको छ । त्यस्तै, बुढानिलकण्ठ नगरपालिका ४ मा पहेँलो शिवमन्दिर देखि थापागाउँ हुँदै बुढानिलकण्ठ जाने सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भएको छ । त्यस्तै, बूढानीलकण्ठ नगरपालिका ५ को चिसेनी गैराबारीको सडक स्तरोन्नति तथा थारथो सड्क स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्था भएको छ ।

डाँडागाउँ गुम्बादेखि ग्रीन भ्यालीसम्मको सडक स्तरोन्नतिका लागि बजेट तथा उपकार टोल सुधार समितिमा सडक स्तरोन्नति तथा ढल व्यवस्थापनका लागि पनि पर्याप्त बजेट उपलब्ध भएको छ । स्टार टाउन सडक स्तरोन्नतिदेखि च्यासिङडोलस्थित ढुंगे बजार रोडको स्तरोन्नति भएको छ । टोखा नगरपालिकाको सुविधा ग्यासदेखि बुढानिलकण्ठ नगरपालिका ७ जोड्ने सडक स्तरोन्नतिका निम्ति पर्याप्त बजेट उपलब्ध भएको छ ।

सार्वजनिक जग्गा

सार्वजनिक जग्गाको संरक्षण, सम्वर््द्धन र खोजीको क्षेत्रमा यस अवधिमा उच्च महत्वका साथ कार्य सम्पन्न भएका छन् । सार्वजनिक जग्गा तथा सम्पत्ति व्यवस्थापनको क्षेत्रमा काठमाडौं महानगरपालिका वडा नं. ३ र ४ तथा बुढानिलकण्ठ र टोखा नगरपालिकाभित्र उपलब्धिमूलक काम भएका छन् ।

बुढानीलकण्ठ–५ स्थित दक्षिणेश्वर क्लब नजिक रहेको सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माण, टोखा ५ मा धापासी देवी मार्गस्थित सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माणका लागि बजेट व्यवस्थापन भएको छ ।
काठमाडौं महानगरपालिकाको वडा नं. ४ को धोबी खोला करिडोरस्थित सार्वजनिक जमीनमा पार्क निर्माणका लागि पर्याप्त बजेट उपलब्ध गरिएको छ । साथै, काठमाडौं महानगरपालिकाको वडा नं. ३ मा धारा पाटी सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माणको काम अगाडि बढेको छ ।

भवन तथा पूर्वाधार निर्माण

बूढानीलकण्ठ ७ स्थित पानचोक सामुदायिक भवन र पानचौर सामुदायिक भवन निर्माण कार्यका लागि बजेट विनियोजन भई कार्य प्रारम्भ भएको छ ।

टोखा २ मा दीगो वातावरण मैत्री सामुदायिक भवन र चण्डेश्वरी सामुदायिक भवन निर्माण भएको छ ।काठमाडौं महानगरपालिकाभित्र स्थानीयहरुको माग बमोजिम रानीबारी सामुदायिक भवन, विश्वशान्ति चिरन मिलन क्याम्पस भवन र बाँसबारी भवन निर्माण तथा सुधारको कार्य अगाडि बढेको छ ।

महानगरपालिकाभित्र रारा समाज भवन र चण्डोल युवा क्लब भवन निर्माण तथा सुधार सम्पन्न भएको छ । साथै, निर्माणाधीन अवस्थामा रहेको त्रिशक्ति क्लव भवन निर्माणको कार्य अगाडि बढेको छ ।

टोखामा गलेपार्क निर्माण तथान संरक्षणको कार्य अगाडि बढ्नुका साथै धापासी माविको भवनस्थल तथा पूर्वाधार र कम्पाउण्ड बाल निर्माण कार्यका लागि बजेट व्यवस्थापन भएको छ ।

काठमाडौं महानगरपालिका ५ स्थित द्यछें फः सम्पदाको पूर्वाधार निर्माण र विकास कार्यका लागि पर्याप्त बजेटको व्यवस्थापन गरिएको छ ।

मठ तथा मन्दिर निर्माण

उपत्यकाको उत्तरी भेकमा अवस्थित साँस्कृतिक नगरी टोखाको प्रसिद्ध सपनतिर्थ मन्दिर तथा सतल पुनःनिर्माणको कार्यका लागि पर्याप्त बजेट व्यवस्थापन गरिएको छ । साथै टोखामै अवस्थित चुनदेवी मन्दिर प्राङ्गण निर्माण अगाडि बढेको छ ।

काठमाडौं महानगरपालिकास्थित चुनदेवी सामुदायिक भवन तथा मन्दिर पुनःनिर्माणको काम अगाडि बढेको छ भने पञ्चकुमारी मन्दिर निर्माणाधिन भवनको बाँकी काम अगाडि बढ्ने क्रममा रहेको छ ।

अन्य कार्य

बुढानिलकण्ठको धरमपुर बस्तीमा ढुंगा छाप्ने कार्य अगाडि बढेको छ । सिद्धीगणेश टोलदेखि भद्रकाली डेरी जोड्ने बाटो ढलान गर्नेका निम्ति आवश्यक बजेट व्यवस्थापन भएको छ ।

तपाइँको प्रतिक्रिया ।