बौद्धनाथ क्षेत्र भित्र अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्न छलफल
कपन अनलाइन
काठमाडौं, कात्तिक २८ ।बौद्धनाथ क्षेत्र भित्र छरपस्ट रहेका फोन, इन्टरनेट लगायतका अस्त व्यस्त तारहरुको जालो व्यवस्थित गर्न बौद्धनाथ क्षेत्र बिकास समिती र नेपाल बिधुत प्राधिकरण बीच छलफल भएको छ । कार्यक्रममा बौद्धनाथ क्षेत्र बिकास समितीका अध्यक्ष राजकुमार लामा ,क्षेत्र विकास समितिका पदाधिकारी ,स्थानीय बुद्धिजिवी सरोकारवालाहरु सहित नेपाल बिधुत प्राधिकरणका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सम्पदा क्षेत्र भित्रएउटै पोलमा धेरै तार जेलेर राखिएको, अनावश्यक तार नहटाउँदा सौन्दर्यसमेत बिग्रिएको छ । साथै सम्भावित दुर्घटनाबाट जोगिन पनि अव्यवस्थित तार हटाउनुपर्ने अवस्था आए पछि क्षेत्र विकास समितिको पहलमा उक्त छलफल राखिएको समितिका अध्यक्ष राजकुमार लामाले कपन अनलाइनलाइ जानकारी गराए । एउटा नियकाले अर्कोसम्म समन्वय नगरी काम नहुने भए पछि सरोकारवाला निकाय संग छलफल गरिएको पनि उनले जानकारी गराए ।