एजेन्डा बिहिन गगन थापा र डा.राजन भट्टराई : “हजुरबाले खाएको घ्यु सम्झेर हात सुघ्ने” हास्यास्पद प्रवृति हावी

एजेन्डा बिहिन गगन थापा र डा.राजन भट्टराई : “हजुरबाले खाएको घ्यु सम्झेर हात सुघ्ने” हास्यास्पद प्रवृति हावी

कपन अनलाइन
काठमाडौं, कार्तिक २०।

नेपाली समाजमा एउटा प्रचलित उखान छ  “हजुरबाले घ्युले कुल्ला  गरेको संझेर आफ्नो हात सुघ्ने”। काठमाण्डौ क्षेत्र नं ४ मा अहिले ठिक यहि उखानलाई चरितार्थ हुने किसिमका गतिविधि हुँदा क्षेत्रका जनताहरु भने  निकै अचम्ममा परेका छन।

रास्ट्रीय राजनीतिमा प्रभावशाली भूमिका राख्ने दुई नेता चुनावी मैदानमा उत्रिए संगै नबिन र अग्रमागी खालका योजना तथा कार्यक्रम आउने आशा र अपेक्षा गरेका काठमाण्डौ क्षेत्र नं ४ का जनताहरु ति नेताहरुको हजुरबा सम्झेर हात सुघ्ने  “पश्चगामी प्रहसन” हेरेर हास्नु बाहेक अन्य केहि गर्न नसक्ने अवस्थामा पुगेको चर्चा व्यापक बनेको छ।

अझ निर्माण सम्पन्न नै नभएको धोवीखोला कोरिडोरको फोटो र भिडियो निर्माणमा लाखौ खर्च गरेर घाँसे दोहोरीमा रमाइरहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराई एजेन्डा बिहिन बनेको देख्दा क्षेत्रका जनताहरु भने आश्चर्यमा परेको स्थानीयहरु विच निकै चर्चा भरहेको छ।

काठमाण्डौ क्षेत्र नं ४ मा सयौ ज्वलन्त मुद्दाहरु असरल्ल रहेको अवस्थामा पछाडी फर्केर विगतका कामहरुको स्वामित्व लिने तुकहिन प्रतिस्पर्धाले आजित भएका क्षेत्रका जनताहरु दुई उम्मेदवारहरुलाई राखेर आगामी मुद्दाका वारेमा प्रत्यक्ष बहस सुन्न लालायित रहेको एक स्थानीय बताउछन।

यस पटकको चुनावमा आफ्नो मुद्दा उम्मेदवारहरुले उठाउन भनेर बसेका मध्यवर्ती क्षेत्रका निकुन्ज पिडित जनता,वर्षौ डुवानले पिडित बनेर थातथलो नै छोड्ने मनस्थितिमा पुगेका स्थानीयहरु,एउटा उच्च शिक्षा हाशिल गर्ने राम्रो सार्वजनिक शिक्षालय नभएर चर्को शुल्क तिरेर निजिमा पढ्न बाध्य विद्यार्थीहरु,क्षेत्र भरी व्यवस्थित बसपार्क नभएर ट्राफिक आमचकारी गाली खान बाध्य सवारी चालक, ताला लागेका केहि सार्वजनिक सौचालय हेर्दै चरम शारीरिक पिडा खपेर दौडदै गरेका पिडितहरु,आगलागी हुँदा घरको पर्खाल भत्काएर दमकल छिराउन बाध्य बनेकाहरु सहित दर्जनौ समस्याका वारेमा क्षेत्रका उम्मेदवारहरुको मौनता निकै टिठ लाग्दो भएको भन्दै ति स्थानीयले पछाडी फर्कने लाई मत दिने कि अगाडी हेर्नेलाई भन्दै गम्भीर प्रश्न समेत गरेका छन।

तपाइँको प्रतिक्रिया ।