नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर-२ को घरदैलो अभियान जारी
कपन अनलाइन
काठमाडौँ, कात्तिक २० । नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर-२ ले घरदैलो अभियान जारी राखेको छ। शनिबार २ नं क्षेत्रका बिभिन्न स्थानमा घरदैलो गरेको नेकपा एमाले काठमाडौं क्षेत्र नं २ का नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार मणिराम फुयाल र प्रदेश सभा सदस्य उम्मेदवार सुबर्ण श्रेष्ठले आज शंखरापुर ८ र ९ मा घर दैलो गरेका हुन ।
उम्मेद्वार सहित नेताकार्यकर्ता झन्डा र चुनाव चिन्ह बोकेर घरदैलोमा निस्किएको नेकपा एमालेले शंखरापुर नगरपालिका वडा नं ८ र ९ का मतदाता सामु पुगी नेकपा एमाले र सुर्य चिन्हमा मतदान गर्नका लागि मतदाताहरु समक्ष आग्रह गरेका थिए भने उम्मेदवारहरुले आफ्नो एजेण्डा मतदातालाई बुझाउने प्रयास गरेका थिए ।
प्रतिनिधी सभा सदस्यका उम्मेदवार मणिराम फुयालले आफु सोहि क्षेत्रको माटोमा हुर्के बढेको हुँदा क्षेत्रका हरेक सुख दुख सम्भावना र अवसरहरु संग परिचित रहेको बताएका छन ।
उनले क्षेत्रको बिकासका लागि प्रदेश सांसद हुँदा पनि धेरै काम गरेको स्मरण गर्दै थप काम गर्नको लागि संघिय संसदमा काठमाडौं क्षेत्र नं २ का जनताले पुर्याउने बिश्वास ब्यक्त गरेका छन । प्रदेश सभा सदस्यका उम्मेदवार सुवर्ण श्रेष्ठले काठमाण्डौ क्षेत्र नं २ मा नेकपा एमाले विकास र समृद्धि मुद्दा बोकेर जनताको माझमा आएको बताएका छन ।
नेकपा एमाले जनताको सुख दुखःमा सदैव नजिक रहेको भन्दै स्थानियहरुले नेकपा एमालेलाई मत दिने स्थानीयहरुको प्रतिबद्दताले आफुलाई उत्साहित बनाएको बताएका छन ।२०७४ सालको निर्वाचनमा शंखरापुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका श्रेष्ठले नगरको विकास र सामाजिक गतिविधिमा निरन्तर सक्रियता देखाएका थिए।