कवीकुन्ज जस्तै क्षेत्र नं ४ (१ ) का हरेक सम्पदाको पुनर्निर्माण मेरो प्राथमिकतामा : तेज प्रसाद ढकाल

कपन अनलाइन
काठमाडौं, कार्तिक २०।

नेकपा एमालेका प्रदेस सभा सदस्य उम्मेदवार तेज प्रसाद ढकालले  काठमाण्डौ क्षेत्र नं ४ ( १ ) का प्राकृतिक ,साहित्यिक र पुरातात्विक सम्पदाहरुको संरक्षण र पुनर्निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन।

महाकवी लक्ष्मी प्रसाद देवकोटाको निवासलाई नयाँ जीवन दिन अहोरात्र सक्रिय रहेर सफलता प्राप्त गरेका ढकालले क्षेत्रका अन्य सम्पदाहरुको पनि संरक्षण हुनुपर्ने भन्दै त्यसका लागि आफुले विशेष योजना बनाएको बताएका छन।

धार्मिक र सांस्कृतिक सम्पदाहरुको खानीका रुपमा रहेको क्षेत्र नं ४ (१ ) मा उम्मेदवार रहेका ढकालले मैतीदेवी ,पशुपति ,गणेशस्थान सहित नागपोखरीलाई जोड्ने विशेष सर्किट निर्माण गर्ने योजना सुनाउदै भण्डारखाल ,बनकाली ,चारुमती बिहार जस्ता सम्पदाहरुलाई क्षेत्रको पहिचान र विकासको आधारका रुपमा स्थापित गर्न आफुले कुनै कसर बाँकी नराख्ने बताएका छन।

काठमाण्डौ महानगरपालिका वडा नं ३० का वासिन्दा रहेका ढकालले नन्दी मावीलाई विशेष शैक्षिक प्रतिष्ठानका रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताउदै पशुपति मित्र मावी र यस संग जोडिएका ऐतिहासिक पक्षलाई पनि संरक्षणको नीति रहेको योजना रहेको जानकारी दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।