म युवा र अग्रजहरु विचको पुल बन्न चाहन्छु : जयराम थापा
कपन अनलाइन
काठमाडौं, कार्तिक २०।
काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा नेकपा एमालेका तर्फबाट प्रदेस सभा सदस्य उम्मेदवार जयराम थापाले आफ्नो उम्मेदवारी युवा र अग्रज पुस्ता विचको पुल बन्नका लागि रहेको बताएका छन।
भर्खरै ४५ औ बसन्त पार गरेर ४६ वर्षमा प्रवेस गरेका बुढानिलकण्ठ नगरपालिका वडा नं २ निवासी थापाले अग्रजहरुलाई सम्मान र युवाहरुलाई काम दिनुपर्ने आफ्नो मूल मन्त्र रहेको बताउदै क्षेत्रको विकासका लागि पनि आफु विजयी बनेका स्थानीय सरकार र प्रदेस विचको दरिलो सेतु बन्ने धारणा राखेका छन।
लामो समय कानुनी क्षेत्रमा योगदान दिएका थापाले आफुले प्रदेस सभामा जाने अवसर पाएमा कानुन निर्माणमा प्रभावकारी भूमिका खेल्नुका साथै पूर्वाधार र जनशक्ति विकासमा समेत विशेष योजना सहित काम गर्ने योजना सार्वजनिक समेत गरेका छन ।
मंगसिर ४ गते हुने प्रदेस सभा निर्वाचनमा उम्मेदवार बनेका थापाले बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको प्रदेस सभा क्षेत्रमा विभीन्न पूर्वाधार र सामाजिक विकासका विषयहरु समेटेर १० बुँदे विकास योजना ल्याएका हुन् ।
आफ्नो प्रतिवदत्ता पत्रमा थापाले जनता संग सम्पर्क र सार्वजनिक सम्पतिको संरक्षणलाई विशेष प्राथमिकतामा राखेका छन भने युवाहरुको क्षेमता विकासलाई पनि प्रमुख मुद्दा बनाएका छन।
के के छन १० बुँदे विकास योजना ?
१.एकीकृत खानेपानी बोर्ड मार्फत खानेपानी योजना लागु गरिनेछ।
२.फोहोरमैला व्यवस्थापन बोर्ड मार्फत समस्या समाधान गरिनेछ ।
३.रुद्रमती (धोवीखोला ) सफाई अभियान मार्फत स्वच्छ पानि बग्ने वातावरण बनाइनेछ।
४.युवाहरुको करियर डेभेलप्मेंट सेन्टर बनाइनेछ ।
५.प्रदेस स्तरीय पर्यटन बोर्ड बनाई पर्यटकीय क्षेत्रको गुरुयोजना तयार पारिनेछ ।
६.एक वडा : एक खेल मैदानको अभियानलाई प्रदेस मार्फत स्तरनोत्ति गरिनेछ ।
७.एक वडा : एक सार्वजनिक सौचालयको अभियानलाई निरन्तरता दिइनेछ ।
८.प्रत्येक एक सय दिनमा जनता संग साक्षात्कार कार्यक्रम सुरु गरिनेछ ।
९.जना गुनासो ,सर सल्लाह र सुझावका लागि डिजिटल प्लेटफर्म बनाइनेछ।
१०.महिला ,बालबालिका र जेष्ठ नागरिकहरुको लागि विशेष कार्यक्रम ल्याइनेछ ।
११.सार्वजनिक जग्गाको लागत राखी संरक्षणका विविध उपाय अपनाइनेछ ।