काठमाण्डौ महानगरपालिका-७ र बुढानिलकण्ठ-१० : काठमाण्डौ क्षेत्र नं ४ का “इपिसेन्टर”
कपन अनलाइन
काठमाण्डौ,कार्तिक १७।
चुनावी गर्मि बढ्दै गए संगै आक्रामक प्रचार अभियानमा रहेका काठमाण्डौ क्षेत्र नं ४ का राजनीतिक दलहरु पछिल्लो समय काठमाण्डौ महानगरपालिका वडा नं ७ र बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा विशेष केन्द्रीत बनेका छन।
काठमाण्डौ क्षेत्र नं ४ मा रहेका ६९,७८२ मतदाताहरु मध्ये करिव ३३.४५ प्रतिसत मतभार रहेका यी दुई वडामा क्षेत्र नं ४ को मैदानमा रहेका राजनीतिक दल र उम्मेदवारहरु विभिन्न माध्यमबाट सक्रिय बनेका हुन।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जितेको काठमाण्डौ महानगरपालिका वडा नं ७ र नेकपा एमालेले विजय प्राप्त गरेको बुढानिलकण्ठ -१० मा दैनिक भेला ,बैठक र कार्यक्रमहरु तीव्र बनेका छन भने सघन आन्तरिक भेटघाट र छलफललाई उम्मेदवारहरुले प्राथमिकतामा राखेका छन।
१५ हजार ४६ मत रहेको काठमाण्डौ महानगरपालिका वडा नं ७ र ८ हजार ३ सय मतदाता रहेको बुढानिलकण्ठ नगरपालिका वडा नं १० को मत नै आउने निर्वाचनमा निर्णायक बन्ने सम्भावना बढे संगै स्थानीय कमिटीहरु पनि निकै सक्रिय बनेका छन।
नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.राजन भट्टराईको वडामा नेपाली कांग्रेसलेश्रीराम लामिछाने र नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य गगन थापाको वडामा तेज प्रसाद ढकाललाई नेकपा एमालेले प्रदेस सभा सदस्य उम्मेदवार बनाए संगै तरंगित बनेको काठमाण्डौ क्षेत्र नं ४ मा सबैभन्दा बढी मत काठमाण्डौ महानगरपालिका वडा नं ७ मा रहेको छ भने सबै भन्दा कम मत बुढानिलकण्ठ नगरपालिका वडा नं १ मा रहेको छ।
यो पनि पढ्नुहोस :
काठमाण्डौ क्षेत्र नं ४ मा ६९,७८२ मतदाता, कुन वडामा कति मतदाता छन ?