दुई नगरका चर्चित वडा नं ६ : काठमाण्डौ क्षेत्र नं ३ का “इपिसेन्टर”

कपन अनलाइन

काठमाण्डौ,कार्तिक १७।

चुनावी गर्मि बढ्दै गए संगै आक्रामक प्रचार अभियानमा रहेका काठमाण्डौ क्षेत्र नं ३ का राजनीतिक दलहरु पछिल्लो समय काठमाण्डौ महानगरपालिका वडा नं ६  र  गोकर्णेश्वर  नगरपालिका वडा नं ६ मा विशेष केन्द्रीत बनेका छन।

काठमाण्डौ क्षेत्र नं ३  मा रहेका  ५८,८८९ मतदाताहरु मध्ये करिव ३६.५४  प्रतिसत मतभार रहेका यी दुई वडामा क्षेत्र नं ३ को मैदानमा रहेका राजनीतिक दल र उम्मेदवारहरु विभिन्न माध्यमबाट सक्रिय बनेका हुन।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जितेको काठमाण्डौ महानगरपालिका वडा नं ६ र नेकपा एमालेले विजय प्राप्त गरेको गोकर्णेश्वर नगरपालिका वडा नं ६ दैनिक भेला ,बैठक र कार्यक्रमहरु तीव्र बनेका छन।

नेपाली कांग्रेस र नेकपा एमाले दुवै पार्टीका प्रदेस सभा सदस्य उम्मेदवार रहेको काठमाण्डौ महानगरपालिका वडा नं ६ मा १५,५३१ मतदाता रहेका छन भने गोकर्णेश्वर नगरपालिकामा सबैभन्दा बढी मतदाता रहेको वडा नं ६ मा ५,९८९ मतदाता रहेका छन।

नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका छिरिङ दोर्जे लामा र नेकपा एमालेका उम्मेदवार चन्द्रमान लामा दुवै काठमाण्डौ महानगरपालिका वडा नं ६ का वासिन्दा हुन।

यो पनि पढ्नुहोस :

काठमाण्डौ क्षेत्र नं ३ मा ५८,८८९ मतदाता, कुन वडामा कति मतदाता छन ?

 

तपाइँको प्रतिक्रिया ।