सेकुवा पारखीहरुको लागि बुढानिलकण्ठ १० बलुवाखानीमा खुल्यो “मिट मास्टर ग्रिल अन व्हील” रेस्टुरेन्ट
कपन अनलाइन
काठमाडौँ, कात्तिक १७ । बुढानिलकण्ठ नगरपालिका वडा नं १० बालुवाखानीमा अत्याधुनिक प्रबिधिको तथा गुणस्तरीय सेवा सुबिधाले सु-सम्पन्न भएको “मिट मास्टर ग्रिल अन व्हील रेस्टुरेन्ट तथा सेकुवा घर” संचालनमा आएको छ।
“मिट मास्टर ग्रिल अन व्हील” रेस्टुरेन्ट स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो । सुरक्षित पारिवारीक वातावरणमा फरक ढगंले रेष्टुरेन्ट संचालनमा ल्याइएको “मिट मास्टर ग्रिल अन व्हील” रेस्टुरेन्ट तथा सेकुवा घर” का संचालक बिरेन्द्र जि सी बताउछन ।
अहिले अन्य सञ्चालनमा रहेका रेष्टुरेण्टभन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको सेकुवा रेस्टुरेन्ट सुरुवात गरेको बताउने संचालकले ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरुको मागलाइ उच्च प्राथमिकता दिइ सेवा सुबिधा प्रदान गरिरहेको जानकारी गराएका छन ।
बुढानिलकण्ठको बालुवा खानीमा रहेको सो रेस्टुरेन्टलाइ सेकुवा पारखीहरुको उत्कृष्ट गन्तव्य बनाउने योजना संचालकहरुले लिएका छन ।सेकुवा ग्रिलका परिकारहरुलाई नेपाल मै पहिलो पटक प्रयोग गरिएको बिशेष खालको स्मोक बंकर मेसिन बाट हाईजेनिक तबरले तयार पारिने सेकुवा परिकारहरुको मज्जा लिन सकिने संचालक जिसी ले दाबी गरेका छन ।
करिब १५० जना भन्दा बढीको क्षमता रहेको सो रेस्टुरेन्टमा पर्याप्त पार्किंग सुबिधा सहित होम डेलिभरीको समेत व्यवस्था रहेको संचालक जिसीले बताएका छन । उनका अनुसार रेस्टुरेन्टमा वर्थडे पार्टी, , ग्रुप पार्टी, गेट टुगदरका लागि शान्त वातावरण युक्त क्याविनको व्यवस्था रहेको उनि बताउछन ।
विभिन्न परिकारका खाना तथा ड्रिंक्सका पारखीहरुलाई फरक स्वाद चखाउने उदेश्यले संचालनमा ल्याएइको यस रेस्टुरेन्टमा पारिवारिक तथा रमाइलो बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ l होम डेलिभरीको लागि निम्न नम्बरमा सम्पर्क गर्न सकिन्छ :९८४३९४९०१६, ९८१०६१७९७५