नेकपा एमाले काठमाडौं क्षेत्र नं २का उम्मेदवारहरु मतदाताको माझमा
कपन अनलाइन
काठमाडौं कत्तिक १६ । नेपालीहरुको महान चाड दशैँ तिहार सकिए संगै आउन लागेको अर्को राष्ट्रिय पर्व आम निर्वाचन सबैतिर चर्चाको विषय बनेको छ । यसका निम्ति निर्वाचन आयोगलगायत सबै सरकारी निकायले आफ्नो जिम्मेवारीलाई पूर्ण गतिमा अगाडि बढाइरहेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरु मतदाता भेटघाट कार्यक्रममा ब्यस्त भएका छन । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन बिभिन्न कार्यक्रम मार्फत मतदाता भेटघाटमा व्यस्त भएका हुन । बिभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू पनि शुभचिन्तकसँगै मतदाता संग भेटी आफ्नो पक्षमा मत मागिरहका छन ।
त्यस्तैमा नेकपा एमाले काठमाडौं क्षेत्र नं २का उम्मेदवारहरु पनि अहिले पार्टीको बिभिन्न कमिटिको बैठक, ब्यक्ति ब्यक्ति सँगको भेटघाट र आन्तरिक तयारी र व्यवस्थापनलाइ तिब्रता दिईरहेका छन । निर्वाचन आचारसंहिताअनुसार कात्तिक १८ बाट मात्रै चुनावी सभा गर्न पाइनेछ । अहिले भने २५ जनासम्मको समुहमा मतदाताको घरदैलो कार्यक्रम भने गर्न सक्ने भएकाले सोही अनुसार दल र उम्मेदवार मतदाताकोमा पुगिरहेका छन ।
नेकपा एमाले काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार मणिराम फुयाल रहेका छन भने प्रदेश(१)मापुर्व बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ र प्रदेश (२) मा शंखरापुर नगरपालिकाका प्रथम नगर प्रमुख समेत रहेका सुवर्ण श्रेष्ठ रहेका छन तिनै जनाले अहिले भेटघाट कार्यक्रमलाइ तिब्रता दिईरहेका छन।
नेकपा एमाले काठमाडौं क्षेत्र नं २ (२) का उम्मेदवार शंखरापुर नगरपालिकाका प्रथम नगर प्रमुख समेत रहेका सुवर्ण श्रेष्ठले मतदाता भेटघाट कार्यक्रम प्रभावकारी बनिरहेको बताएका छन । आफू पहिलो पटक प्रदेश सभा सदस्यको उम्मेदवार भएकोले मतदातालाई नयाँ योजना सुनाउन र मतदाताको समेत सुझाव लिन भेटघाट गरिरहेको बताएका छन । अहिले आफूले मतदाता तथा समाजका अगुवा व्यक्तिलाई भेटेर आफ्नो विचार तथा मुद्दा सुनाएको श्रेष्ठले बताएका छन ।उम्मेदवारले चुनावी सभा, सम्मेलन गर्नेभन्दा पनि मतदातालाई व्यक्तिगत रूपमा भेटेर मनाउने प्रयास गरिरहेका छन् । विगतमा चुनावी सभा, भेला तथा अनेक प्रचार शैली अपनाएका उम्मेदवार यसपटक मतदातालाई भिन्न शैलीमा प्रस्तुत भइरहेका छन ।