काठमाण्डौ क्षेत्र नं ४ का टोल टोलमा गठबन्धनका उम्मेदवारहरु…….
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ६।
काठमाण्डौ क्षेत्र नं ४ मा गठबन्धन दलका उम्मेदवारहरुलाई टोल भेला र अन्तरक्रियालाई तीव्रता दिएका छन।
काठमाण्डौ क्षेत्र नं ४ को प्रतिनिधि सभा र प्रदेस क्षेत्र नं १ मा नेपाली कांग्रेस र प्रदेस क्षेत्र नं २ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरु रहेको यस क्षेत्रमा गठबन्धन दलले टोल र बुथ केन्द्रित भेलालाई व्यापक बनाएका छन।
पछिल्लो चरण बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको प्रदेस क्षेत्र नं २ मा गठबन्धन दलका उम्मेदवारहरुले जनता संग अन्तरक्रिया गर्नुका साथै नेता तथा कार्यकर्ताहरुलाई निर्वाचन केन्द्रीत प्रशीक्षण र निर्देशनलाई प्राथमिकतामा राखेको नेपाली कांग्रेस बुढानिलकण्ठका एक पदाधिकारीले बताएका छन।
नेपाली कांग्रेसका महामन्त्री तथा क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गगन कुमार थापा ,प्रदेस क्षेत्र नं १ का उम्मेदवार श्री राम लामिछाने , प्रदेस क्षेत्र नं २ का उम्मेदवार कुसुम कुमार कार्की र नेकपा माओवादी केन्द्रबाट समानुपातिकमा सिफारिस भएका राजेन्द्र श्रेष्ठ एक साथ चुनावी प्रचारमा सक्रिय देखिएका छन।
काठमाण्डौ क्षेत्र नं ४ का १२ वटा वडा मध्ये अधिकांश वडामा संयुक्त निर्वाचन परिचालन कमिटी बनाएर निर्वाचन अभियान संचालन गरिरहेको गठबन्धनले चाडै नै थप कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको श्रोतले जानकारी दिएको छ।
