संखुवासभाका राजनीतिक दलहरुको सिन्डिकेटमा स्वतन्त्र तेन्जिङ भोटियाको जबर्जस्त हमला …
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ६।
संखुवासभाका राजनीतिक दलहरुको सिन्डिकेटमा स्वतन्त्र तेन्जिङ भोटियाको जबर्जस्त हमला गर्ने गर्ने संकेत देखाएका छन।
लामो समय देखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका भोटियाले दल परित्याग गर्दै स्वतन्त्र उम्मेद्वारी दिए संगै संखुवासभा जिल्लाको राजनीतिक माहोल निकै तरंगित बनेको छ।
राजनीतिक दलको सिन्डिकेट तोडेर स्वतन्त्र र युवाले जिल्लाको विकास अभियानको नेतृत्व गर्नुपर्ने मुख्य मुद्दा बोकेर चुनावी मैदानमा उत्रिएका भोटियाले जनताको निकै न्यानो स्वागत पाएको बताएका छन।
माछा चुनाव चिन्ह लिएर जनताको घर दैलोमा पुगेका उनले यस पटक संखुवासभाका जनताले परिवर्तन चाहेको अनुभूति भएको बताउदै सहयोगका लागि अपिल समेत गरेका छन ।
संखुवासभा जिल्लाको भोट्खोला गाउँपालिका अन्तर्गत च्याम्ताङ गाउँको छोरा तेन्जिङ भोटिया काठमाडौंमा एक प्रतिष्ठित माध्यमिक तह सम्मको विद्यालय संचालन गर्दै आएका एक युवा शैक्षिक व्यवसायी हुन ।
आफ्नो प्राथमिक शिक्षा मानेभञ्ज्याङ निम्न बुनियादी पाठ्शाला, दार्जीलिङ, भारत र माध्यमिक तहको शिक्षा पनि मानेभञ्ज्याङ माध्यमिक विद्यालय दार्जीलिङ, भारतमा नै अध्यन गरेका भोटियाले स्नातक भने हिमालयन युनिभर्सिटी, ईट्टानगर,अरुणाचल प्रदेश, भारत र स्नातकोत्तर सर्वपली राधाकृष्ण युनिभर्सिटी भोपाल, भारतमा अध्यन गरेका हुन।
थप अध्यन गर्ने सोच रहेको बताउने भोटियाले लामो समय गीत संगीत निर्देशन र कलाकारितामा बिताईसकेका छन भने वहाँले गीत गाउने र टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रूपमा समेत काम गरिसकेका छन ।
बुवा ताकदुङ भोटिया र आमा लाजिओङ्मु भोटियाको एकमात्र सुपुत्र उनले आफ्नै बुवाले गर्न नसकेका अनेकन अपुरो काम पूरा गर्ने प्रयासमा रहेको बताए ।
बुवा तत्कालीन गाविस उपाध्यक्ष हुँदा, सानै उमेरमा बुबाको राजनीति देखेर राजनीतिका सकारात्मक र नकारात्मक पक्ष बुझिसकेका भोटिया राजनीतिलाई पेशा/व्यवसाय जसरी लिने प्रवृत्तिको खरो आलोचक समेत हुन ।
तपाइँको प्रतिक्रिया ।
