इन्द्रावती किनारका जोगीटारवासीको बिलौना ःबस्तु मरे, अन्नपात छैन, बासविहीन भयौँ

इन्द्रावती किनारका जोगीटारवासीको बिलौना ःबस्तु मरे, अन्नपात छैन, बासविहीन भयौँ

जोगीटार (काभ्रे), २५ जेठ । तलतिर इन्द्रावती अविरल बगिरहेको छ । साहित्यकार रमेश विकलको चर्चित कृति ‘अविरल बग्दछ इन्द्रावती’ र त्यसमा आधारित टेलिशृङ्खला छायाङ्कन भएकोे बस्ती माझीटार छ ।

बस्तीको माथि छ– काभ्रेको चण्डेनीमण्डन गाउँ विकास समितिमा पर्ने जोगीटार । काठमाडौँबाट करिब ६२ किलोमिटर पूर्वमा पर्ने यो भेग धान, मकै, गहुँजस्ता अन्नबाली र लहलह सागसब्जीले आकर्षक फाँट वैशाख १२ को भूकम्पले क्षतविक्षत भएको छ । ढुङ्गा माटोले बनेका बस्तीका ९८ मध्ये तीनवटा पक्की घरमात्र सग्ला छन् ।

काभ्रेको चण्डेनी गाविस जोगीटारमा भूकम्पले ध्वस्त बनाएको घरहरु । जोगीटारका ९८ मध्ये तीन घरमात्र बचे भने बाँकी ध्वस्त भए । तस्विर सूर्यचन्द्र बस्नेत
काभ्रेको चण्डेनी गाविस जोगीटारमा भूकम्पले ध्वस्त बनाएको घरहरु । जोगीटारका ९८ मध्ये तीन घरमात्र बचे भने बाँकी ध्वस्त भए । तस्विर सूर्यचन्द्र बस्नेत

“भैँचालोको एकै धक्काले सबै बस्ती भयोे, अरु धक्का र परकम्पको मतलवै भएन” – स्थानीय बलराम नेपालले भन्नुभयो । सातजनाको परिवार र थोत्रा टिनको ओतमा बसेका बलराम नेपाल मानवीय क्षति भने नभएको बताउनुहुन्छ । करिब सात सय जनसङ्ख्याको जोगीटारका सबै घर नेपाल परिवार थिए ।

भूकम्पले घर भत्केर उजाड बनेको बस्तीमा अझै भत्केका भग्नावेशषबाट सामान निकालिँदैछ । चर्केका घर भत्काउने क्रम जारी छ । पुराना थोत्रा टिन खोजेर जसोतसो शिर लकाइरहेका छन् नेपाल परिवारले । टिनको तातोले दिउँसो टहरामा बस्न सकिँदैन । टहरा उडाउने गरी हुरी चल्छ । प्वाल परेका पालले हुरी थेग्ने कुनै भर भएन ।

“केटाकेटीलाई सुरक्षा दिन हुरी, पानी पर्दा पाल समातेर बस्नुपर्छ, चर्को घाममा टहराको सट्टा रुखको छहारीमा दिन बिताउँछाँै” – केशव नेपाल भन्नुहुन्छ ।
गाविसमा ३५ जनाको ज्यान गयो । झन्डै हजारमध्ये प्रायः सबै ध्वस्त छन् । आठ दश घर बचेका छन् । जोगीटारमा ४३ गाई र छ भैँसी मरे । डोजरले खाल्डो खनेर दुहुना गाईभैसी पुर्नुप¥यो । पहिले १० ‘क्यान’ दूध सङ्कलन केन्द्रमा पु¥याउथ्यौँ, अहिले तीन क्यान मात्र । “बस्तु पनि मरे, अन्नपात छैन बासको पनि ठेगान भएन” – उहाँ भन्नुहुन्छ ।

राहतस्वरुप केही मात्रामा खाद्यान्न पुगे पनि यो क्षेत्रका क्षतविक्षत बस्तीमा अस्थायी बास बनाउने जस्तापाता पुग्न नसकेको नेपाली काँग्रेस काभ्रेका सचिव अच्युत पौडेलले बताउनुभयो ।

“काभ्रेमा धेरै धनजनको क्षति भएको छ, तर जस्तापाता र अन्य राहत एवम् सरकारी सहयोग अझै पुग्न नसक्दा पीडितको बिचल्ली भएको छ” – उहाँ भन्नुहुन्छ ।

गण्डकी ग्रुप नेपालले जोगीटारका भूकम्पपीडितलाई रु दुई लाख ५० हजारबराबरको ५५ बन्डल जस्तापाता वितरण गरेको छ । “जोगीटारका ९८ घरमा तीनबाहेक सबै ध्वस्त भएकाले पीडितलाई अस्थायी बसोबासका लागि सहयोग पुगोस् भनेर समूहले जस्ता उपलब्ध गराएको हो” – ग्रुपका महाप्रबन्धक पोखरेलले भन्नुभयो ।

जोगीटारमा काउली, बोडी, काँक्रो, घिरौँला, गोलभेँडाजस्ता मौसमी सागपात प्रशस्त उत्पादन हुन्छ । यहाँको सागसब्जी र दूध काठमाडौँ आपूर्ति हुने गरेको ऋषि र रामचन्द्र नेपाल बताउनुहुन्छ । भूकम्पपछि यो कारोबार ठप्प छ । घरबासको चिन्ताले सबैलाई सताएको छ । चोर र जङ्गली जनावरको डर नभए केही दिनमा सुरु हुने वर्षायामको पीरले सारा बस्तीलाई सताएको छ । रासस

तपाइँको प्रतिक्रिया ।