आस्थाको संगालो : गंगा लिगल (कविता )

आस्थाको संगालो : गंगा लिगल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २५ ।

निर्जन वनको मनोरम दृश्यमा
एकातिर सुन्दापशुहरुको
दौडाइ र सुरम्य उफ्राई
चञ्चल फड्को खरायोको

पन्छीहरुको चिरवीर
लताहरुको सुमधुर हल्लाइले
हरियालीमा स्वर्गको आभास दिलाउँछ भने
त्यहि सुरतम वातावरणमा
भयानकपशुहरुको गर्जन सँगै
विषालु सर्पहरुको पुकार

मेघको ठूलो गड्गडाहट
मुसलधारे वर्षा
त्यसैमा समुद्रमाउर्लेको
डरलाग्दो आँधी
जसले प्रकृतिलाई नै
त्रसितपारिदिन्छ ।

चील–बाजको
हिंसात्मक फड्कोले
मायालु हाँसको चल्लालाई
एकै झप्कोमा
संहार गर्न खोज्दाको
भयावहध्वनिले
गगनमापनि
आँचलागे जस्तो
भान हुन्छ प्रकृतिमा

यतिमात्रकहाँहो र
वायुयानको हुनुनुनु आवाजमा
अचानक परिवर्तन भै
पहाडको ठक्करले
एकै झप्कोमा
मानवजीवनगाथालाई
निलिदिन्छ ।

तर आस्थाका
संगालोभित्र
मानवविश्वास र आस्था
यतिबलियो हुन्छ
चाहे जे भएतापनि
मानवले आफूभित्र
प्रकृतिलाई संगाली
जीवनको रोमाञ्चकारी
मधुरतम वस्तुको संसारमा
यसलाई अतिमायालु वस्तुको
रुपमा संगालेको छ ।

के छैन यस संगालोमा
प्रकृतिभित्र रम्ने रमाउने
सुख दुःखका
गथापोख्ने
धर्म संस्कृतिका
कनीकुथी
इतिहासको धारा प्रवाह
युगौं देखिकाअनगिन्ती
अवनि–अम्बरका गाथाहरु
वीरताकाकथाहरु
पतझड र बसन्तको
उल्लासमय क्षणहरु
यी सबै
प्रकृतिप्रतिका
आस्थाका
संगालाहरु हुन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।