काठमाण्डौ क्षेत्र नं ४ (२) मा नेकपा एमालेका सुकुलाल सुनार (संगम) को चर्चा …

कपन अनलाइन

काठमाण्डौ ,साउन २८।

सरकारले मंगसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेस सभाको निर्वाचन मिति घोषणा गरेपछी निकै तातेको नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ (२ ) को प्रदेस सभा सदस्य दौडमा नेकपा एमालेका सुकुलाल सुनार (संगम ) पनि थपिएका छन।

बुढानिलकण्ठ नगरपालिकाका ८ वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ (२) मा रहेका तिन जना बागमती प्रदेस कमिटी सदस्य मध्ये दुई जना नगर प्रमुख र निवर्तमान प्रमुख बनेको अवस्था प्रदेस सभा सदस्यका लागि स्वाभाविक दावेदार रहेका सुनारले उम्मेद्वारी दावी वारे छलफल र परामर्श सुरु गरेका छन।

लामो समय नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीमा रहेर कम गरेका  सुनार नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको सचिव ,सह संयोजक हुदै संयोजक समेत बनेका थिए।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का स्थायी बासिन्दा रहेका सुनारले २०७४ सालको स्थानीय तहमा  नगर कार्यपालिका सदस्यमा निर्वाचित बन्दै विधायन समिति संयोजकको भूमिका निर्वाह गरेका थिए।

तत्कालिन प्ररायु संघबाट साविक कपन गाविसमा राजनीति सुरु गरेका सुनार  विभिन्न सामाजिक संघ संस्था सहित दलित आन्दोलनमा पनि सक्रिय रहेका छन।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।