सम्झनाः भैरव स्मृतिग्रन्थमा घोत्लिँदा (अच्युतप्रसाद पौडेल ‘चिन्तन’)
वसन्त रिजाल र विषयप्रवेश :
बौद्ध गेटबाट चाबहिलतिर लम्कँदै थिएँ, एक दिन । वसन्त रिजालले देखेछन्, मोटरसाइकलफर्काएर बोलाएउनले ‘बाइकमाआउनूस्, लगिदिन्छु’ भने
‘मेरो हिँड्ने बानीहो नि त’ मैले भने ‘जाउँ न यसैमा’उनले थपे । चुच्चेपाटीसम्म पुग्दाउनले भने ‘पुस्तकलोकार्पण छ पर्सि, निम्तो दिएँ, भैरव अर्याल स्मृतिग्रन्थतयार भयो’
‘हुन्छ म आउँछु’ मैले भनँे, हामी छुटियौँ ।
जोरपाटी बाहुनधारा नजिकै, हिजोआज बुद्ध चोक थपिएको छ । नजिकै अग्लो भवन छ, साइनबोर्ड छ भैरव पुरस्कार गुठी, संगसगै अभिनव साहित्य समाजको साइनबोर्ड पनि ।
कोरोना गर्भमै रहेछ । कामविशेषले घरि जोरपाटीको नगरपालिकावा कम्पुटर पसलचाहार्थेँ म । जता पुग्छु उतै वसन्तलाई देख्थेँ । ‘के को दौडधूप’ ? मैले सोद्धा उनीभन्थे ‘संस्थाविनियमावलीको तयारी, संस्थादर्ता र अन्यअन्य …’
कोरोनाले भीमसेनको रुप लियो, काठमाडौँको आकाशमा कोरोनाको हाँडी घेप्टियो, सबैतिर ढपक्कै ढाकेको थियो, सडक बजार ठप्प । तर यहाँको भैरव भवन खुसीसाथ उठ्दै थियो । सबै कमालवसन्तको, कोरोनाको एमिक्रोन न्वारन भइसकेको थिएन, डेल्टा, सेल्टामै थियो, भैरव भवनको शिर ठाडो भइसक्यो, हेर्दा हेर्दै । ‘यो कोठा पुस्तकालयलाई, यो हल … यो के …यो के,’ भेट्मावसन्तमलाई तलबाट माथि लैजाँदै देखाउँदै गर्थे ।
म चियाएलर्जी मान्छे, तर उनको भेटमा चियानपिएर धरै नपाउने, यो उनको धेरै पुरानो बानी । नेपाली साहित्यमानियात्राको पारखी त म पनिहो, तर हिजोआजअर्को शब्दथपिएको छ, स्रष्टा पद यात्रा, यसमाअब्बलनाम छ वसन्तको । हिँड्न खप्पिस मात्रहोइनउनले हातै ठेला उठ्ने गरी खेत बारीमाकाम गरेको देखेछु मैले, उनीे श्रम प्रधानको राजनीति मन पर्ने व्यक्तिहो कि जस्तो लाग्छ मलाई ।
भैरव स्मृतिग्रन्थको लोकार्पण भयो त्यही ठडिएको भवनमा । सालिकको कुरा चल्दाभद्रबासमाहामी भैरबको विशालशालिक… भन्दै गए राजनैतिकव्यक्ति रामेश्वर फुयाँलले, काउन्टर दिएअर्का राजनैतिकव्यक्तिगोपाल बरालले, जोरपाटीको भैरव शालिकभत्काउने को हो ?मानौँ दोहोरी नै चल्यो जसरी ओली एण्ड माधवमाचलेको छ । साँच्चै दर्शक दीर्घाबाट पनिआयो प्रतिक्रियाःमुहानअनुसार पानीबग्ने हो क्या । पुस्तकथमाएवसन्तले पढ्नै पर्यो, पढेपछि लेख्नै पर्यो, त्यसैको पष्ठभूमि हो यो, वसन्त यसरी मिसिए यो आलेखमा । गोपालपनिकिन नकड्कियून् यहीँको जग्गामात्रै हो र उनी, चक्रबहादुर ठकुरीकै पालामा जम्बुडाँडोले डाँडो बन्ने अबसर पाएको पंक्तिकारको ठम्याइ छ, बिचरा चक्र मेरा मित्रथिए, रसुवातिर जाँदा बाटैमाभिसा सकियो, गर्नु के भन्नु कसलाई कुनै बेलाव्यवस्थाको खिल्ली उडाउन यतै नानीमैँयाआइन्, अहिले यूटुयवहरुले त व्यवस्थाको खिल्ली उडाएका छन् तर जसले दियो उसलाई फिर्ता लिन मन छैन, १२ बुँदेमा १६ वर्षपछि फेरि १२ बुँदेको र्याले लगाएर यहाँका नेताजीहरु जाउलो खाँदैछन्, घरघरका भ्mयालहरुमामन्त्रालयहरु झुण्डिएका छन् के गर्ने ?
भैरवको चर्चा
पूर्वीय दर्शनमा भैरवलाई उग्ररुपका रुपमा चित्रण गरिएको छ । कालाभैरव, आकाश भैरव, कीर्तिमुख भैरव, उन्मत्त भैरव, आनन्द भैरव, वटुक भैरव हजारौँ नाम छन् । बालबच्चाहरुको शान्तिकालागि वटुक भैरव, आनन्द भैरवको उपासना गर्ने गरिन्छ । बज्रयोगिनीआदि देवी पीठहरुमा अलि परै भैरवकामूर्तिहरु देख्न सकिन्छ जहाँपशु, पन्छीहरुलाई हत्या गराइन्छ । पशुपतिमा दक्षिणतिर कीर्तिभैरव छन् उनलाई हरेक पूर्णिममाकादिन बेलुकी ५ थानबलि चढाइन्छ । भैरवलाई हत्या, हिँसा मन पर्छ कि पर्दैन थाहा छैन । तर द्धापरयुगमामहाभारतको युद्ध भयो । सत्य युगदेखि नै स्थापित नेपालको त्यति बेलाको नामथियो मुक्ति सोपान । काठमाडौँमा राजाथिए, यलम्बर । हाल युक्रेनको युद्धमा अमेरिकाले समर्थन गर्ने भने जस्तै यलम्बरको समर्थन रहेछ कौरवतिर । श्रीकृष्णलाई खपिसक्नु भएन छ, उनले सुदर्शन चक्रले युद्धमा गएकायलम्बरको शिर नै छिनोफानो गरेछन् । शिरले आकाशफन्को मार्दै महाभारतको युद्ध हेरेछ, आप्mनै ठाउँमा आएर बजारिएछ, काठमाडौँबासीले शिरलाई मुख्यभागहनुमान ढोका नजिकै स्थापित गराएर पूजा गर्न थालेछन् शिरको मूर्तिमा, अहिले पनि छ र पहिले उनको पूजानगरी सहरका मानिसलाई गाँस रुच्दैन । आकाश भैरवकै सेरोफेरो हनुमानढोका नजिकै सरकारी मुखपत्रको अफिस छ, धर्मपथको त्यो अफिसमाकामगर्दा गर्दैको अबस्थामा भैरव अर्यालले आत्महत्या गरे उनकै निबास नजिकगोकर्ण तीर्थक्षेत्र वागमतीमा । अहिले भए दुरुत्साहनको मुद्धा लाग्थ्यो होलात्यो भवनलाई पनि ।
कल्कलाउदो उमेरमा देहत्याग गरे उनले, अहिले स्वेच्छिक मरणको अधिकार पाउनु पर्छ भन्ने धारण आइरहेको छ समाजमा । गोरखापत्र संस्थानमासिर्जना लिएर भेट्न जाँदा पिँडालीले जस्तै हप्काएको सुनिएन भैरवले, सस्थानभवनको छतमा घाम ताप्दै अरुको सम्पादनगर्दै, थप, घट् गदै रचना छपाइदिन्थे भैरव तर एउटा कथा लेखेर छपाउन जाँदा पिँडालीले यो कथामादुई श्रीमतीको चर्चा छ, यो हाम्रो समाजअनुकूल छैन, छापिँदैन भन्ने जवाफपाई फर्केको हिजो अस्ति जस्तो लाग्छ मलाई, दुई, तीनवर्षपछि त त्यहाँ ढुँगा मुडा मात्रै भएन, आगलागी नै भयो । अहिले पनित्यो संस्थानले कसैको लेख रचनाहप्तै पिच्छे छाप्छ, कसैलाई महिनौँमापनि कठिन, पंक्तिकारको चित्तदुखाइ छ अहिले पनि । भैरव स्मृतिग्रन्थमै सम्बद्ध विजयचालिसेको जीवनको वक्ररेखा पुस्तकलोकार्पणको हप्तै दिनमागोरखापत्रले समीक्षागरिसक्यो भरखरैको कुरा ।
सरकारी वनकार्यालयको स्थायी नोकरी राजीनामा गरी गोरखापत्रनजिकै पिपलबोट नेर एक निजीकम्पनीमाकाम गर्न थालँे म, त्यहाँ नेपाली साहित्यमा रुची राख्नेहरु पढ्न आउथे । नजिकभएकाले भूगोल पार्कमा टाँसिएको गोरखापत्रचन्दनबनाएर निल्थेँ म, पछि कम्पनीलाई नै ग्राहकबन्नभनेँ, गोरखापत्रमा दौडधूप गर्दै रचना छपाउन धाउनथालेँ फेरि । रामचन्द्र न्यौपानेहरु संग सम्पर्क भयो, राचन्यौ भनी लेख्थे तिनी । कम्पनीको जागिरमाचित्तबुझायन सकिएन, सरकारी लोकसेवा र रा वा बैँकतिर परिक्षादिएको एकैपल्ट दुईतिर नामनिस्क्यो, तलब बढी देखेर बैँकतिर लागेँ, धेरैले मलाई गाली गरे, निल्नु न ओकल्नु भयो, बैँकतिर गएँ, तर त्यहाँपनि साहित्यिकमाहोल बन्यो । गजलपारखी रामबहादुर पहाडी, कल्पतरुकानवराज पुडासैनी, व्यँग्यशिल्पी माणिकरत्नशाक्य, बाहृखरी डट्कमका राजेश खनालहरुले बैँकलाई साहित्यमयबनाएकाथियो । विज्ञानलाई व्यँग्यगर्दै त्यहाँको उपहार पत्रिकाबाट मैले साहित्य साधना गरेँ भने पहिलो पुस्तक कृतिजीवनचक्र त्यहीँबाटै प्रकाशित गरेको हुँ, यहाँ मैले यो विषय कोट्याउनुको अर्थ छ, साहित्य साधनाकालागि परिवेश भनौँ वरिपरिको देखासिकीवातावरणले काम गर्छ भन्ने हो । जोरपाटी, आरुबारी, गोकर्णक्षेत्रका सय्यौँ स्टाफहरु थिए रा बाबँैकका, चाबहिलमालिनआएको ठूलो बस भरिन्थ्यो, बसमा बसेर म पूरै एउटा पुस्तक पढिसक्थेँ, अघिपछि काम गर्नृु पर्ने फुर्सद आरे, मरु, आप्mनो काम एउटा पुस्तक पढिसकियो भने समीक्षार्थ प्रेसलाई दिन सजिलो भइहाल्ने, साथीहरु बसमा रहुन्जेल छेउ न पुच्छरको गप्m चुटेर हैरानै पार्थे । आधादशक बैँकमाबित्यो, तर मलाई बँैकले टिकाइराख्न सकेन, पढाउन थालेँ, बैँकमा राजीनामादिएँ । बैँकका धेरै मित्रहरु साहित्यमाअभैm भेट्छु, खुसी लाग्छ ।
स्रष्टा हिर्दय र भावुकता
राजनीतिमा जस्तो जेरिमाइण्डरिँग वावक्ररेखा स्रष्टाहरु बुभ्mदैनन्, उनीहरु जे देख्छन्, त्यही लेख्छन्, उनीहरुको जीवन सरल रेखामै गुज्रिएको हुन्छ, अधिकाँश । प्राय स्रष्टाहरु समाजका ऐना हुन्, प्रतिपच्छीको भूमिकामा हुन्छ्न्, यसो भनिरहँदा एकपल्ट यसै स्मृतिग्रन्थ सम्बद्ध वेदमणि घिमिरेले भनेका थिए, सत्तापक्षीयपनि हुन्छन् स्रष्टाहरु र गीत गाउँछन्, पन्चै हो यो देश बनाइदेऊ । तर त्यहीव्यवस्थालाई फालेपछि देश कालो भूँमरीमा फसेको छ, रगत बेच्नविदेश जानु पर्छ, प्रकाश, सपुतपशुपतिशर्माहरु थर्कन्छन् । स्रष्टा हिर्दय भावुक हुन्छ र त कानुनले अपराधी देखे पनि सहमतिमापलशाह र समीक्षाले भूल गरे भन्ने गर्छ समाजशास्त्रले । एक हातले तालीबज्दैन भन्छ, हाम्रो उखानले ।
वाग्मतीको पानीजसले पिउँछ, ऊ स्रष्टा भइहाल्छ, त्यसैले जतिबेलासम्मवागमती देख्न, हेर्न, छुन, पिउनलायकथियो त्यतिबेला सम्म यसक्षेत्रमा सर्जकहरुको बाढी नै आयो । त्यसैमा पर्छन् दक्षिणढोकाका भैरव अर्याल । आरुबारीका रमेश विकलमात्रै होइनअहिले टुपी सेतै भएका योक्षेत्रका सबै स्रष्टाहरु र त त्यो हिँगबानेको टालोले भएपनि साहित्यको दौडधूप भइरहेकोक्षेत्र हो यो, अब्बल छ, उर्बर छ, साथीहरुले साधनागरिरहेका छन् । यसैमा पर्छ स्रष्टाहरुको शालिकनिर्माण र सम्बद्ध संस्थाहरुको बाढी । संस्थातयार गर्दै दर्ता गर्दै दस्तूरी पनिबुझाउने, संस्थालाई नगरपालिकाहरुबाट दस्तूर तिराउने पनि दोहोरो भूमिका छ । सजिलै खर्च गर्ने ठाउँ पाएको छ हिजोआजनगरपालिकाले, त्यसै अन्तर्गत पर्छ, विकलशालिक, देवकोटा शालिक, भैरव शालिक, भानु शालिकयतामात्रै होइन देशैभरि मात्रहोइनदार्जलिँगपुग्दाभानु शालिकपनि यो चस्मा लगाएको आँखाले देखेको छ ।
बाचुन्जेल खोइरो खन्ने, खिसिटिउरी गर्ने, उक्सलाभनेर छोइछिटो गर्ने, मन्चमानामसम्मनलिने, उपस्थितिमा समेत नपरे हुन्थ्यो जस्तो गर्ने मरेपछि दलको झण्डा ओढाउन आतुर भए जस्तै आर्यघाटको नदेखिने भीड, वार्षिकोत्सव, ग्रन्थप्रकाशन, तिनकानाममा सकेसम्म के आर्जन, उपार्जन गर्न सकिन्छ त्यो खटेरै गर्ने हामी नेपालीको संस्कृति नै हो । भानुभक्तकुमारी चोको हिसावले जेल परेका र त व्यँग साहित्यको सिर्जना भएको धेरै उदाहरण छ । भैरवले आत्महत्या गरे, उनीव्यग्यशिल्पीहुन्, उनको सिर्जनामा पेट मिचिमिचीहँसाउने तागत छ तर आप्mनै परिवारलाई उनले रुवाए । कवि मन कस्तो कस्तो । महाकविलाई गरीवभने तर प्रज्ञाभवन मात्रै होइनमन्त्रीपदकाव्यक्ति, अन्तर्राष्टिृय समेत साहित्यकापारखी कसरी गरीवभएहोलान् त्यो बेला?गरिवीकै कारण भैरवले आत्महत्या गरे होलान् र । राजधानीको दक्षिणढोकाको बस्ती, सरकारी जागिरे, औषधिउपचारमाविदेशसमेत गएका त्यति बेलाका मान्छे परिबार पाल्नै कठिन भएर मरे होलान् यो सोच्न सकिन्न ।
सरकारी कामको सिलसिलामा जगडोल, गोकर्ण लगायतउपत्यकाको वन संरक्षणमा कार्यरत थिएँ म, तर दसैँ विदाभएकाले गोकर्णसित सरकारी क्वार्टर छोडेर विदाकै मौका पारी गोकर्णको सुन्तखानको भागवत सप्ताहको पुराणवाचनमा परेँ, कार्यक्रम सकेर जोरपाटी निबास फिर्दा विषयअलिक पुरानो भैसकेको थियो, त्यसैले घटनास्थल पुग्न सकिएन, जताततै सनसनी पैmलियो भैरवले ज्यान छोडे रे, सुन्दाअचम्मलाग्यो तर यथार्थ थियो त्यो ।
स्रष्टा र राजनीति
स्रष्टाले सिर्जना गरेको विषयमा राजनीति रम्छ । स्रष्टाको सिर्जना लोकार्पणमा राजनीतिकर्मीहरुलााई बोलाइएनभने कार्यक्रम नै अधुरो हुने गर्छ । तर फरक यतिहो, स्रष्टाहरु समाजमाभएको चित्र उतार्छन् । नेताहरु उपस्थितिको भीडलाई हेरेर भाषण गर्छन्, स्रष्टाले भनेको कुरो जसरी अधुरो रहन्छ नेताले भनेको कुरो दोब्बर अधुरो रहन्छ, मेलम्ची र एम सि सिलाई नै हेरौँ न, ‘हुन्छ’ भने, भएन, ‘हुन्न’भने भयो नेता जे भन्छन् त्यो गर्दैनन्, प्रसंग यही भैरव गुठीमा नेताहरुले बोलेका कुरा । बत्तीमुनिअँध्यारो हुन्छ । जोरपाटीबाट सुन्दरीजलको पानी बग्छ,यहीँ नयाँ बस्तीमा पानी छैन, पानीहोइनपाइपपनिथिएन । पाँचवर्ष लगातार मेयरका गोडा धोइयो जारको पानीले, वडा अध्यक्षलगायतयसभेगका सबै राजनीतिकव्यक्तिहरुको भाषण सुनियो, सबैले भने ‘छ महिनाभित्रपानी चल्छ, फरकै पर्दैन’, यसैहलमापनि सबैले एक स्वरमाभने पानीनपुगेको यो क्षेत्रमातुरुन्तै पानीवितरण हुन्छ,पंक्तिकार सामु सार्वजनिक योक्षेत्रमाभएका सबै कार्यक्रमहरुमा सबैले बोले पानीकाविषयमा, अर्को चुनावआइसक्यो, पानी त आउँछ ठेकेदारहरुको जार भरिएका गाडीमा, माकलबारी र गोकर्णक्षेत्र जार र टैँकरका लागि मेलम्ची नै हो, खूवपानीको व्यापार हुन्छ यहाँ । जसोतसो सतहनमिलाई ६ महिनालगाएर पानीको पाइपहालियोे, प्रदेश, न पाआदिको बजेटमा, खानेपानीले हकारेर कस्तो विधिभएको । कसैलाई थाहै निदिई एक रात केही समय पानी छोडिएछ, मनपरि गर्ने राज्यको चिज?छैन पानी सानीजानोस् कहाँजानु पर्छ भनेर हप्कीखाइयो, अब न्यायनपाए रामशाहकहाँजानु खोज्दै ?उहिल्यै घुसुरमुन्टो लाइसके उनले अरुले न्याय देलान् नदेलान् अदालतलाई नै महाअभियोग लगाएर शालिकबनाइसकेको बेलामा राजनीतिबाहेक अरु गन्थन त गर्नै मिल्दैन यो देशमा । जे होस् राजनीतिकर्मीहरुको नजरमा भृकुटीमण्डपमा मेलम्ची उद्घाटन भएजस्तै मेयरहरु मिलेर भैरव पुरस्कार गुठी ठडिएको नयाँबस्ती एरियाकालागिपानीको उद्घाटनसम्म गरियो भनिँदैछ छ, पंक्तितयार गरुन्जेल छोडिएको छैन पानी । पानीआपूर्ति भनीदर्ज भएकाअन्य क्षेत्रकाधारामापनिपानी खस्दैन बिल र जरिवानामात्रै फुत्त खस्छ, ओलीले उनका सालाले २० कजार पानी काठमाडौामानिशुलक हुन्छ मात्रै भनेन्, संसदबाट विधेयक नै पास गरे, तर के य के एल भन्छ, यसको स्रोत र्भा सरकारले दिन्छ ?होइननगरपालिकाको शेयर छ नि त यहाँभन्ने प्रश्नमा के यु के एल भन्छ, शेयर छ, उपस्थितिमात्रै, रकमकसले दिने ?महाँकाल चौर खानेपानीका स्टाफले भनेको यहीहो । काठमाडौँमाभएको यहीहो, तर जहाँ नेताहरु हुन्छन् त्यहाँपानीको खोलाबाढी बग्छ,जसरी अँग्रेजीमाउखान छ मनी एटृाक्स मनीभनेभैmँ पानी एटृाक्स पानी । जनताले पाउने जोरपाटी सुन्दरीजलको धूले बाटो हो अनिआकाशे पानीपर्दा त्यही बाटो हराएर ढल बन्ने हो । विदेशमापानी पर्न छोडेको पाँचमिनेटमा बाटो सफा भइसक्छ यहाँपानी परेको पाँचदिनसम्म बाटै हराउँछ, धेरैपल्ट त बाटामा यहाँ रोपाइँपनिभएको छ ।
जीवन र दर्शन
अकारण मान्छे धर्तीमाआउँदैन, काम पूरा भए पछि चाहेर पनिम्यादथपहुन्न, पासपोर्ट र भिसाम्याद सकिएपछि विदेशबाट घोक्रेठ्याकलगाए जस्तै हो जीवनपनि, किनकि यो डेरा हो, भाडा सकिएपछि जबर्जस्त बस्न मिल्दैन र त भैरवकै सौम्य रुप शिवले महलबनाएनन्, अरुलाई आलिशानमहलदिने आपूmवाग्मतीको किनारा सत्तलतिर बस्ने गर्छन् र सबैको आन्तरिक र बाह्य लेखापरिक्षण गर्छन्, हिसावमिलाननहुन्जेल महँगानर्सिँग होममा राखिदिन्छन्, भेन्टिलेटरमाहिसावचुक्ता भएपछि आर्यघाट तान्छन्, पहिले आपैmँ जाने मनुवा, पछि अर्काको बुइ चढ्दै बाशववाहनमाजाने गर्छ । मान्छेको असली परिभाषा छ, मृत्युको कारण रोग नभएर जन्महो, मृत्युका परिकार पनिथरि थरिका हुन्छन, व्यन्जनका चौरासीभनेजस्तै । मनोबेत्ताआधुनिकदार्शनिक सिग्मण्ड फ्राइटले त मनोविज्ञानको पूरै विश्लेषण गर्न सकेनन् हामीले के गर्न सक्नु र । यतिभनौँ ‘माटाको बिछ्यौना, माटाकै सिरानीमिल्नेछ माटामै बनी खरानी । जीवनहो पिन्जरा छुट्ने छ निशानी, मिल्ने छ माटामा बनी खरानी’ । मनोरोग नभई मानिसले आत्महत्यागर्दैन, हिजोआज त यो क्रम धेरै बढेको छ, यहाँगरिवीले भनिएला, विकसित देशमापनि यस्ता घटना धेरै छन्, प्रहरीको तथ्याँक हेर्दा त यहाँपनिकहालीलाग्दो अबस्था छ र हरेक ५ जनाको समूहको अध्ययन गर्ने हो भने एक जनामनोरोगी हुन्छ नै, त्यतिमात्रै होइनप्रत्येक मान्छेमा १० प्रतिशत एरर हुन्छ, म्याथ्मेटिक्समा ५ प्रतिशत एररलाई सामान्यमानिए जस्तै मानिसको मनलाई दस प्रतिशतले डिस्काउन्ट नै गरी अध्ययनगर्दा बेस हुने भइसकेको अबस्था छ अहिलेको अत्याधुनिकजमानामा । आधुनिकताले सामाजिकअसामान्जयस्यताल्याएकै छ । मास्लोको हाइरार्किकल निड्सको मात्रै अब कुरो छैन, एल्ल्टन म्यायो, मेक ग्रिगर, गान्धी जस्ता दार्शनिकहरुको अध्ययनमापनिमानव मन सबै विश्लेषण हुन सकेको अबस्था छैन र आत्महत्यालाई पूर्वीय धर्म दर्शनले महाअपराधभनेको छ, त्यसको उद्धार स्वयं ईश्वरको अर्को रुप वेदले पनि गर्न सक्दैन, नसक्ने देखेरै त्यस्ताको पिण्ड, पानीतर्पण केही गर्नु पर्दैन, परिबारले पनित्यसलाई केहीकुनै कार्य गर्नु पर्दैन भनेको छ, त्यसैले यति कठोर वचन प्रस्तुत गरेकाले सजिलो धर्म विदेशी धर्म लिएको हुनुपर्छ हाम्रो समाजमापनि । हिन्दुमन्दिरको वाहुल्यताथियो पहिले, अब राज्यले छूट दियो चर्चहरु गाउँतिर पनिबनाउने सोख आएको छ नेपालीलाई, पश्चिमाहावामा एम सि सि मात्रै बगेको छैन, अन्नबालिको साटो डलरको बीउपनि छिरेको छ । युक्रेन नभई नेपालीको सातो आउने होइन ।
ग्रन्थको गुफाभित्रै पसौँ अब
गोरखापत्रको चर्चा नगरी भैरव अर्यालको चर्चा नहुने र भैरव अर्यालको चर्चा गर्दा रमेश विकल र उनक सुपुत्रविजयको नाम आउँछ, रोचक घिमिरे, रमेश विकल, विजयचलिसे हरुको चर्चा गरिएन भने हातमा परेको भैरव स्मृति सम्झनाग्रन्थअधुरो हुन्छ त्यसो त यो ग्रन्थको गुफा छिर्ने धेरै अरु स्रष्टाहरु छन् । हल्काकागज, ढुवानी हेतु नन् कष्टकोे यो पुस्तकलाई सबैले ग्रन्थभनेका छन्, मेरो बुझाइमापूर्वीय दशनाग्रन्थको परिभाषा बेग्लै छ, सबैले भनेपछि यो ग्रन्थै भयो । रोचक घिमिरे, रमेश विकल, टिका कुमार शाह, योगानन्द वैद्यहरु सल्लाहकारका रुपमायसमा संलग्न छन् भने सम्पादकहरुमा छन्, विजयचालिसे, बद्रीप्रसाद अर्याल, वसन्त रिजालहरु । यो पुस्तक संग्रणीय छ र भैरवकाविषयमाभन्नु पर्दा पठनीय पनि, महँगीको कालो बादल मडारिएको बेलामूल्य साँढे ६ सय उत्ताउलो मूल्यभन्न सकिएन । पुस्तकको शुरु भैरवको १६ वर्षे उमेरमापहिलोपल्ट लेखिएर उपवनपत्रिकामा छापिएको नवनिर्माण कविताबाट हुन्छ र सकिँदा विष्णु प्रभातको शीर्षक राजनीतिक लघुकाव्य ः राष्टिृय आह्वानमागएर विसर्जन हुन्छ, वि सं २०१७ सालमा राजा महेन्द्रले राजनैतिक परिवर्तन गरेका र त्यसपछि २०१८ सालमा भैरव अर्यालबाट प्रकाशितभएको यो रचनाबाट ।
यो स्मृतिग्रन्थविभिन्न खण्डमा विभाजित छ । पहिलो खण्ड छ सम्झना भैरव अर्याल अँक, दोस्रो छ गोरखापत्र भैरव अर्याल विशेषाँक, अर्को पूरक खण्ड अन्तर्गत संस्मरण र अन्यविषय परेका छन् । अर्को खण्ड छ समालोचनाजसमा साहित्यका हस्तीहरु डा ऋषिराज बराल, नरनाथ लुइँटेल, डा दैवज्ञराजन्यौपाने, खगेन्द्र लुइँटेल, विष्णु प्रभातआदि भैरव अर्यालकागाई गोठ या भनौँ गुफामा पसेर गाईको चरन, दूधको दोहन र दहीमोही छुट्याई नौनीको रसास्वादनपनि गराएका छन् आम पाठक भनौँ तृषितहरु लाई । शुरु सम्झनाकागाई गोठ गुफाभित्र पसेर अमर प्रधान, राजेश्वर देवकोटा, किशोर नेपाल, श्रीहरि रुपाखेतीहरुले घाँस, पराल, भुसा, गोबर, गुइँठा, सबै भैरबकाविषयमाखोजवीन र मलजल गरेका छन् । भैरवका कृति जयभूँडी, गलबन्दी, काउकुती, इतिश्री आदिलाई कुँडेमादूधतताएर कलेजहरुमाआएकागोठालाहरुलाई त्यति बेलामै पिलाउने अब्बलीगो संरक्षकहरु पर्छन् श्रीहरि रुपाखेती, घटराज घट्राई, कोषराजन्यौपानेहरु । यीमध्ये श्रीहरि कोरोना कालको ओमिक्रोनतिर इतिश्री भए, घटराज त महिनौँ अचेत भई उनले आप्mनो भिसाअवधि सकेको दर्जन वर्ष हुनलाग्यो, कपनमाउनको शालिक छ, अरु कुनकुन बेलाआए र माटा मुनिगएत्यो यहाँ लेख्न थालियो भने अर्को ग्रन्थतयार हुन्छ, नजाउँलामो बाटो । संस्मरणको पूरक खण्डमा रामकुमार पाँडे, मनुजबावु मिश्र, डा नवराजचालिसे जो यो पंक्तिकार राष्टिृय वाणिज्य बैँकमाहुँदात्यहीँजि एम थिए, भैरवकीश्रीमतीलाई पछि जागिर खुवाए, तीमध्ये पनिमनुजबाबु, नवराजहरुले पनियहाँको भिसाअवधि सकिसकेका छन् । अब्बल स्रष्टा कविशिरोमणि लेखनाथले लेखे कालमहिमामा ‘राजा रंक सबै समानउसका वैषम्यगर्दैन त्यो, आयो टप्प टिप्यो लग्यो मितिपुग्यो टारेर टर्दैन त्यो, इन्द्रै्रै बिन्तीगरुन् झुकेर पदमात्यो बिन्तीमान्दैन त्यो’
कसले के भने यो ग्रन्थमा?
रमेश विकलले उनको मृत्युलाई ‘नेपाली साहित्यको इतिहासमा एउटा नबिर्सने कालो सत्य हो’ भने । रामचन्द्र गौतमले भैरव अर्याललाई ‘मनको साम्राज्य, उनी सम्राट बने’ र त सम्राट सामु अरु कोहीहुन्न, भैरव बिदाहुँदा सायद एक्लै भए, माथि नै भनियो, मान्छेको मन कसैले तहलाउन सक्दैन, परिबार, समाज, परिवेशसंग सम्झौतामाआउन सकिएनभने मनले हिटलरी शैलीनिकाल्न सक्छ र त झट्ट पट्ट सहमति, सम्झौतामानआउने हिटलरले पश्चातापगर्दै शरिर आपैmँले छोडे । ‘चाकडी र चुक्लीलाई भैरवले सधैँकालागिधपाएकाथिए’गौतमकै भनाइहो योे ।
स्रष्टा भूवनहरि सिग्देल यसै ग्रन्थमा भन्छन्
‘२०३३ सालअसौज १९ गतेको मध्यरात भैरव अर्याल र उनका परिबारजनको प्रलयरात बन्नमात्रगएन, नेपालीभाषा साहित्यको विधामाकहिल्यै नमेटिने गरी काल्टिकी लतपत्याएर गएको, अपशकूनको रात बन्यो इतिहासमा’उनी थप्छन् ‘कवि, लेखकभन्दा सस्तो देशमा अरु को छ हँ?पुलिस महँगो, स्कूल, डाक्टरको कुरै अर्को छ । फलपूmल र तरकारीकाबजार देखिएलान् भनेर चोभारको सल्लेरी वनमागएर टन्न हावाखानु पर्ने अबस्था छ, श्रीमतीको कच्कच् कतिखाने गुन्द्रुकको झोल’ । होे, सर्जक बाँचुन्जेलको हालतयहीहो, मरे माथिकात्रो भनेभैmँ, दशकौँपछि स्रस्टाहरुको परिबार बा अरु कसैले दोसल्लाओढ्छन्, चित्रविचित्रको सम्मानपत्र लिन्छन् अरुले पनियसो खामपनि, तर मुख्यकर्ताले त्यो देखेकै हुन्न, त्यसैले सम्झनाका क्षण भन्ने गरिएको छ समाजमा यस्ता विषयहरु । सम्मानपनिखोजेर कहाँ पाइन्छ र दिनेको नजरमा कसैले पुर्याइदिनु पर्छ, धान कुट्न नाम्ली काठ चाहिन्थ्यो पहिले ढिकी कुट्न, अचेल यो प्रथा नै हराइसकेकोले राजनीतिमादलमानलागेकाहरु छायाँमा परेभैmँ साहित्यमाआप्mनानहुनेहरु मरीमरी लेखून् तिनको खैरियत छैन, नामै आउँदैन, मरेपछि परिबार अग्रसर नभई स्रष्टाहरुको उजागर हुन्न, परिबारमा साहित्यिकमाहोल नभए त उ मरेको मर्यै हुन्छ, मरेर बाँच्न सम्भव छैन, यो मनोदशाभित्रहाम्रो साहित्यसमाज रुमल्लिएको छैन भन्न सकिन्न, एकेडेमी पुग्नेहरुको लर्को हेर्दा नै स्पष्ट भइहाल्छ नि । ‘पुरस्कारका लागि एउटा त रचना छापिएकै हुनुपर्ने रहेछ सर, पुरस्कार मलाई दिन आँटे, एउटा रचनातपाइँले चिनेको पत्रिकामा छपाइदिनु पर्यो यसै हप्तामै’ भनीआएकायतैका भेगीहरुले अहिलेसम्म लगातार सम्मान र कदरपत्रपाएको देखेको छु मैले, तर तीसौँ हजार लेख रचनासिर्जना दैनिकआमसन्चारमार्पmत् आइरहने नामको खोजीयहाँनभएको पाइएको छ, त्यसैले नेपाली संस्कार भन्सूनमा र नेपाली कृषि मनसूनमा छ भन्दा फरक पर्दैन ।
वेदमणि घिमिरे लेख्छन्
‘लेख्थ्यौ बस्थ्यौ दिनभर यसै मात्रगालीपचाई
खानभुल्थ्यौ विषय घरको गर्न पुग्थ्यो विदाइ
छोरा छोरीसितपनितिमी दूर भागे सरी थ्यौ
कामगथ्र्यौ मन वचनले लेखनीमात्र रोज्थ्यौ’
प्रह्लादपोख्रेल लेख्छन्
‘चारैतर्फ समाजमाविकृति छन्
लेख्छन् सदा भैरव
त्यस्तातिख्खर व्यँग्यवाण रसिला
हान्ला र कल्ले अब’
विजयचालिसे लेख्छन्
‘उनको योगदानले हास्यव्यँग्य साहित्यलाई दिएको उचाइविकासको व्यापकता र हाँस्यव्यँग्य साहित्यलाई विशाल समसामयिक कालखण्डको तात्कालिकप्रतिभामूलक क्षणिक भावाव्यक्तिको तहबाट व्यापकविस्तृत र कालजयी साहित्यकारले समेत प्रशंसा गर्ने कुरामाशँका छैन’
र अन्त्यमा भैरव अर्यालकाविषयमाअभैm खोजविन जरुरी छ, नेपाली साहित्य जगत्माउनको नाम अमर छ । उनकाविषयमा लिपिबद्ध गर्दै जाने कुरामा भैरव पुरस्कार गुठी परिबार त धन्यवादको पात्र नै छ,, अरु पनि यसैगरी अगाडि आऊन्, सबैलाई प्रेरणा मिलोस्, बिट मार्नु अघि व्यँग्य रचनापंक्तिकारकैः केहीअँशमात्रै,
‘भयावह छ, कोभिडको त्रास,
सन्नाटा छ सबैतिर, खेर गएको ओठे भक्तिमा,
लुकेको छ मानवहिर्दय,
मलिनअनुहार, आँसुको हाँसो,
छाडापनको शिकार, प्रकृतिको दोहन,
सुनिदैन चित्कार, विज्ञानको रोइलो,
घरघरै लास, बन्दीबाकसकामानवपोका,
सिरिँग गर्छ बचेको ज्यान,
भोकै छन् निमुखाहरु, लुट्नेहरुलाई दसैँ नै छ,
धिक्कार त्यो हिर्दय, ढुंगाको मन,’
(भानु कवितामहोत्सव २०७८ का अवसरमा रेडियो अन्नपूर्ण नेपालबाट वाचित हटाऔँ कोभिडको त्रास शीर्षक कविताबाट)
अर्को एउटा अँश ः ( भैरव पुरस्कार गुठीको हलमावाचितशीषर््ाकै शीर्षक बिनाको कविताबाट )
‘सर्बोच्चमागोरु ब्याएछ, पाँचवटा बाच्छा पाएछ,
हेर्नेको लर्को, देख्ने सुन्नेको झर्को, एम सि सि ओढाउने बर्को,
हात्तीको कानमाचमेराहरु, हरियो रंगमा राजनीति,
हरिया साग पातपनि देख्नै नसक्ने, रासायनिकमलपनिनिल्ने,
मेलम्चीपनिनिल्ने, महाकाली, गण्डकी, कोशी सबै निल्ने, ठूला घाँटी भएकाहरु,
अगुल्टोले हानेको के जाती, विजुली देख्नै नहुने,
चुनावआयोगले हरियो रंगमाहोली खेलाउने भयो रे,
वैशाखतीसमाभोट नीति, एम सि सि मा कूटनीति, सकेसम्म नोट नीति ’