काठमाडौं महानगरपालिका वडा नं ६मा ज्येष्ठ नागरिक सामुदायिक सिकाइ भवन उद्घाटन

काठमाडौं महानगरपालिका वडा नं ६मा ज्येष्ठ नागरिक सामुदायिक सिकाइ भवन उद्घाटन

कपन अनलाइन

काठमाडौँ, साउन ८ ।काठमाडौं महानगरपालिका वडा नं ६मा ज्येष्ठ नागरिक सामुदायिक सिकाइ भवन उद्घाटन गरिएको छ । शनिबार काठमाडौं महानगरपालिका वडा नं ६ महांकाल स्थित कुमारी माता मन्दिर संरक्षण तथा भवन समिति प्राङ्गणमा निर्माण सम्पन्न भएको  उक्त भवनको बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाले उद्घाटन गरेका हुन ।

बागमती प्रदेशको वडा विकास साझेदारी कार्यक्रम अन्तर्गत प्राप्त सहयोग बाट निर्मित उक्त भवन उद्घाटन कार्यक्रममा काठमाडौं महानगर पालिका वडा नं ६ का वडा अध्यक्ष भुवन लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, काठमाडौं महानगर पालिका वडा नं ६ का वडा सदस्यहरी नरेन्द्र कुमार थापा (भगवान) देब बज्राचार्य, गायत्री पुडासैनी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कुमारराज सुवेदी, नेपाली कांग्रेस  काठमाडौं क्षेत्र नं  ३ प्रदेश क का सभापति श्रीराम चालिसे लगायत मन्दिर संरक्षण समितिका पदाधिकारी  सहित स्थानीयको उपस्थिति रहेको थियो ।

निरक्षर नागरिकलाई समेत साक्षर बनाउन  उक्त    सिकाइ केन्द्र प्रभाबकारी  बन्ने बिश्वास ब्यक्त गर्दै प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाले साक्षर हुन बाँकी नागरिकलाई समेत साक्षर बनाउनु पर्नेमा जोड दिएका थिए । निरक्षर नागरिकहरूलाई साक्षर बनाउन सोही परिवारका साक्षर व्यक्तिहरूलाई उत्प्रेरित गर्न सकिने धारणा समेत राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।