Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/07/294851105_179531901152570_5101115282884987030_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/07/294483128_179531877819239_3719449371968069533_n-2.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

लागू औषध दुर्व्यसन बिरुद्ध सामूहिक प्रयास

कपन अनलाइन 

काठमाडौं साउन ७मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखा तथा सेलिब्रेशन को- एडको संयुक्त आयोजनामा साउन ५ गते काठमाडौंमा लागू पदार्थ दूब्र्यशन बिरुद्ध सामूहिक प्रयासको खाँचो बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । स्थानीय बिभिन्न बिद्यालयका ३० जना प्रधानाध्यापक सहित झण्डै ७० जनाको सहभागिता रहेको छलफल कार्यक्रममा बक्ताहरुले हाम्रा कतिपय आध्यात्मिक र सामाजिक चिन्तनमा भएका बेवास्ताका कारण समाजमा अनुशासनहिनता बढेको र नयाँ पुस्तामा बिचलन शुरु भएको बताउदै अब ढिला नगरी लागू औषध दूब्र्यशन अन्त्यका लागि सामाजिक स्तरबाट प्रभावकारी अभियानको खाँचो रहेको बताएका थिए ।

सो अवसरमा पूर्व राज्यमन्त्री मोहन सिंह राठौरले राजधानीमात्र होईन गाउँ गाउँ लागू औषध दुर्व्यसनीको अखडा बन्दै गएको तर्फ चिन्ता ब्यक्त गरेका थिए । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले हामीले संस्कार भुल्दै गएका छौं, हाम्रा सांस्कृतिक पर्वमा बिचलन आएको छ, ठिक र बेठिक छुटयाउन नसकेकै कारण लागू औषधको दुर्व्यसन जस्तो कुलतमा युवा पुस्ताको आकर्षण बढेको बाताउदै नगरपालिका अब स्कूल स्कूलमा गएर चेतना बिस्तारमा सकृय रहने बताए । सो अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले लागू औषध दुर्व्यसनीको संख्या डँढेलो जस्तै फैलिंदै गरेको बर्तमान परिबेशमा अब घर घरबाट लागू औषध दुर्व्यसन बिरुद्ध चेतना फैलाउनु पर्ने बताए ।
शान्ति समाजका पूर्वा सभापति उत्तम पुडासैनीले लागू औषध दुर्व्यसन अन्त्यका लागि सामूहिक प्रयास सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा शान्ति समाका केन्द्रिय महासचिव रामकृष्ण बराल, नेपाल किसान संघका केन्द्रिय सदस्य जिवन्ती अर्याल, गान्धी आदर्श मा.बि. संचालक समितिका अध्यक्ष डा. गणेशराज अधिकारी, कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ का अध्यक्ष हरिभक्त पुडासैनी, वडा नं. ६ का अध्यक्ष प्रकाश फुँयाल, तेज बिनायक मा.बि. संचालक समितिका अध्यक्ष बिदुर ढुंगाना, नेप्लिज कम्युनिटी एशोशियसनअष्ट्रेलियाका अध्यक्ष मधुसुदन पुडासैनी, प्याब्सन गोकर्णेश्वरका अध्यक्ष डि एन सिवाकोटी, लिबर्टी एकेडेमीका प्रिन्सपल ओम प्रसाद ढकाल लगायतका बक्ताहरुले लागू औषध दूब्र्यशन बिरुद्ध सामूहिक प्रयासको खाँचोमाथी चर्चा गरेका थिए । शान्ति समाज काठमाडौं शाखाका सभापति भगवान पुडासैनीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सेलिब्रेशन को-एडका संस्थापक आचार्य महेन्द्र भट्टराईले लागू औषध दूब्र्यशन बिरुद्ध बिशेष प्रस्तुती दिएका थिए ।
तपाइँको प्रतिक्रिया ।