विष्णुमती र धोबीखोलामा बाढी आउन सक्ने ,जल सतह निकै बढेकोले सतर्क रहन आग्रह

विष्णुमती र धोबीखोलामा बाढी आउन सक्ने ,जल सतह निकै बढेकोले सतर्क रहन आग्रह

कपन अनलाइन

काठमाण्डौ ,असार २ ।

काठमाडौं उपत्यकाको विष्णुमती र धोबीखोलामा  बाढी आउन सक्ने भन्दै किरानामा बसोबास गर्नेहरूलाई उच्च सचेतना अपाउन आग्रह गरिएको छ ।

नेपाल बाढी सुचना (Nepal Flood Alert)   ले दिउँसो ३ बजे सूचना जारी गर्दै पछिल्लो एक घण्टामा विष्णुमती र धोबीखोला जलाधार क्षेत्रमा अत्याधिक पानी परेकाले सतर्कताका लागि आग्रह गरेको chh ।

‘पछिल्लो १ घण्टा काठमाडौंको विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा मापन भएको छ । विष्णुमती गोंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह साढे १ मिटर बढेको छ,’  सो सूचनामा भनिएको छ, ‘विष्णुमती र धोबीखोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्छ । आज साँझसम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔं ।’

तपाइँको प्रतिक्रिया ।