आज साउन महिनाको पहिलो सोमबार, गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको भिड

आज साउन महिनाको  पहिलो सोमबार, गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको भिड

कपन अनलाइन

काठमाडौं साउन २ । भगवान शिवको प्रिय मानिने साउन महिनाको आज पहिलो सोमबार । हिन्दू धर्मावलम्बीहरु शिवालयहरुमा पूजाअर्चना गर्न भीड लागेको छ ।

शिव मन्दिरमा बिहानैदेखि जर्लापण शुरु भएको छ । महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

सोहि मान्यताअनुसार गोकर्णेश्वर महादेव मन्दिरमा पनि बिहानै देखि   श्रद्धालुहरुको भिड लागेको छ ।साउन महिना वर्षकै चोखो महिनाको रुपमा लिइने गरिएको र यो  बर्ष  साउनमा पाँच वटा सोमबार परेको छ । साउन महिना पाँचवटा सोमबार पर्दा धेरै शुभ र पवित्र मानिने शास्त्रमा उल्लेख छ । यो महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान्, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास रहेको  छ ।

तपाइँको प्रतिक्रिया ।