काठमाडौं महानगर – ६ का बिभिन्न स्थानको स्थलगत निरीक्षणमा नगर प्रमुख बालेन्द्र शाह

काठमाडौं महानगर – ६ का बिभिन्न स्थानको स्थलगत निरीक्षणमा नगर प्रमुख बालेन्द्र शाह

कपन अनलाइन

काठमाडौं असार २९। काठमाडौं महानगरपालिका ६ नं का बिभिन्न स्थानको  महानगर प्रमुख बालेन्द्र  शाह सहितको टोलीले स्थलगत अवलोकन गरेका छन।

प्रमुख शाहले  महांकाल पार्क देखि तिनचुली जिर्ण सडक, शान्तिनगर टोल, तेन्जिङ चोक, मिलन चोक, सात तल्ले, भृकुटी चोक, सरस्वती नगर आसपास जनताले भोगिरहेको डुबान समस्या बारे स्थलगत निरीक्षण गरेका छन । निरीक्षण पश्चात प्रमुख शाहले चाडै सम्वन्धित अड्डा हरूलाई निर्देशन दिने प्रतिबद्धता ब्यक्त गरेको काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुवन लामाले कपन अनलाइनलाइ जानकारी गराए। त्यसै गरि  वडा नं ७ अन्तर्गत गोपिकृष्ण हल  ढल समस्या देखि कोरिडोर बाटो साईट ड्रेन क्लियर विषयमा पनि सडक डिभिजन कार्यालय आवश्यक समन्वय गरिने  अध्यक्ष लामाले  बताएका छन।

तपाइँको प्रतिक्रिया ।