काठमाडौं महानगर र गोकर्णेश्वर नगर प्रमुख फोहोर मैला व्यवस्थापन सम्बन्धी छलफलमा
कपन अनलाइन
काठमाडौं असार २९। गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल र काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह बीच छलफल भएको छ। आज गोकर्ण हिल साइड रिसोर्टमा भएको उक्त छलफल फोहोर मैला व्यवस्थापन संग सम्बन्धित रहेको थियो उक्त छलफलमा काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुवन लामा, गोकर्णेश्वर नगरपालिकाका निवर्तमान प्रमुख सन्तोष चालिसेको समेत उपस्थिति रहेको थियो।
गोकर्णेश्वर नगरपालिकाले जडान गरेको फोहोर मैला व्यवस्थापन गर्ने इन्सिनरेटर (Incinerator) मेसिनले गरेको काम र त्यसको उपयोगिताको बारेमा समेत छलफल भएको थियो।
महानगरले पनि त्यस्तै मेसिन खरिद गर्न लागेको र त्यो प्रक्रियामा रहेको हुँदा त्यसको उपयोगिता र दिगोपनाको बारेमा समेत छलफल गरिएको काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुवन लामाले कपन अनलाइनलाइ जानकारी गराए । छलफल बिशेष गरि फोहोर न्यूनीकरण र व्यवस्थापनमा केन्द्रित भएको पनि उनले जानकारी गराए ।