नेकपा एमाले बुढानिलकण्ठमा चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओ

नेकपा एमाले बुढानिलकण्ठमा चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओ

कपन अनलाइन

काठमाण्डौ ,असार २९।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओले नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको कार्यालयको अवलोकन भ्रमण गरेका छन।

नेपालको ३ दिने भ्रमणमा रहेका प्रमुख  लिउ सहितको टोलीले बुढानिलकण्ठ नगर कमिटी र वडा नं ८ का वारेमा जानकारी लिनुका साथै स्थानीय कमिटी परिचालन र संचालनका वारेमा छलफल समेत गरेका थिए।

सो अवसरमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेस विभाग प्रमुख डा.राजन भट्टराई , प्रदेस कमिटी सदस्य तथा बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारी ,जिल्ला कमिटी सदस्य तथा नगर उपप्रमुख अनिता लामा ,नगर कमिटीका अध्यक्ष प्रदिप डंगोल ,उपाध्यक्ष शम्भु भट्टराई ,सचिव श्रीकृष्ण श्रेष्ठ ,उपसचिव धोर्जे लामा र सुनिता गुरुङ सहित वडा नं १३ र ५ का सांस्कृतिक समुहले चिनिया टोलीलाई नगर तथा वडा कार्यालयमा स्वागत गरेका थिए।

नेपालका कम्युनिष्ट पार्टीका स्थानीय कमिटीहरुको अवस्था ,संचालन प्रक्रिया र सहभागिताका वारेमा जानकारी लिने चिनिया टोलीको तालिका अनुसार बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको कार्यालयमा अवलोकन भ्रमण गरिएको नगर कमिटीका अध्यक्ष प्रदिप डंगोलले जानकारी दिएका छन।

चिनिया टोलीको सो भ्रमणका अवसरमा बुढानिलकण्ठ नगरपालिकाका वारेमा अध्यक्ष प्रदिप डंगोलले जानकारी गराएका थिए भने संगठन र त्यसको अवस्थाका वारेमा सचिव श्रीकृष्ण श्रेष्ठले ब्याख्या गरेका थिए।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ उपत्यका मै नेकपा एमालेले सानदार जितप्राप्त गरेको बुढानिलकण्ठ नगरपालिकामा चिनिया विदेस विभाग प्रमुखको आगमन हुनु निकै सुखद कुरा रहेको भन्दै नगर कमिटी अध्यक्ष डंगोलले  सो टोलीले निकै शुक्ष्म रुपमा संगठन र परिचालनका वारेमा जिज्ञाशा राख्नुका साथै आगामी दिनमा थप सहकार्यका वारेमा कुरा भएको बताएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।