तस्विर : मदनराज थापा (कविता )

तस्विर : मदनराज थापा (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असार २५ ।

सजाइएको सुन्दर तस्वीर,
बाचुन्जेल घरको भित्तामा,
मृत्युपछि,
अकस्मात !
हटाइदिन्छन्,
सजाइएको त्यो सुन्दर तस्वीर,
बेइमानीको निशानीभन्दै,
दुष्कर्मीको मतियार ठान्दै
द्वेष र इर्श्या  खानीमान्दै,
पुस्तापुस्ता शिक्षा दिन,
तस्बिर अब यो बाधा ठान्दै
आज हरे !
भित्ताबाट झिकिदिन्छन्

तर ……., तर भने,
कसैको तस्वीर
मृत्युपछि जन्मन्छन,
हो,
हृदयको भित्तामा सजिंन्छन,
जुग– जुग जीवित बन्दै रहन्छन्
अहर्निश, गर्दै नित्य प्रणाम
सदैब अभिनन्दित हुन्छन्
यसरि,
कसैले कसैलाई सजाय दिन्छन, गर्दै नित्य घृणा,
कसैलाई भने सजाइ दिन्छन, लिँदै दिव्य प्रेरणा
कालान्तरमा छनौट हाम्रै, गर्दै रहू अभ्यास
आखिर हामी सबै तस्बिर, छैन कुनै विवाद,

तस्विरै– तस्विरको रंगमंचमा
अब,
सजिने, कसरि आफ्नै हात
बाच्ने, कसरि आफ्नै हात

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।